३१ बैशाख २०७८, शुक्रबार |


किरात राई पत्रकार संघको आयोजनामा वृत्तचित्र यात्रा हुंदै


एभरेष्टवीक
२६ कार्तिक २०७३, शुक्रबार १४:२०

किरात राई पत्रकार संघ केन्द्रिय समितिको आयोजनामा आउंदो मंसिर तेस्रो हप्ताबाट वृत्तचित्र यात्रा हुंदैछ । ईलामबाट सुरु हुने वृत्तचित्र यात्रा पूर्वाञ्चलका सवै जिल्लामा प्रदर्शन पश्चात राजधानीमा भब्य समापन गरीने बुधबार ईलाममा आयोजित पत्रकार सम्मेलनका कार्यक्रम संयोजक सन्दिप राईले बताए ।

किरात राई पत्रकार संघले स्थापना कालबाट नै सम्पूर्ण किरात राई पत्रकारहरुलाई एकताबद्ध गर्दै उच्च व्यवसायिक अभ्यास, प्राज्ञिक अध्ययन अनुसन्धान तथा ऐतिहासिक विषयवस्तुहरुको दस्तावेजीकरण गर्दै आएको छ । त्यसैको निरन्तरता स्वरुप वृत्तचित्र यात्रा २०७३ गर्न लागिएको उनले बताए ।
अग्रजले इतिहासमा पुर्याएको योगदान स्थानीय तहसम्म वृत्तचित्र मार्फत जानकारी गराउनु र नेपाली राजनीतिमा झनझन पेचिलो बन्दै गएको पहिचानका मुद्दासम्बन्धी आमसमुदायमा रहेको भ्रमको चिरफार गरी वास्तविकता उजागर गर्नु यस यात्राको उद्देय रहेको छ ।
यसको साथै किरात राई पत्रकार संघलाई संस्थागत रुपमा अगाडी बढाउन यस यात्राबाट जुटेको रकमले किरात राई पत्रकार कल्याणकारी कोष समेत स्थापना गरिने उनले बताए । यस वृत्तचित्र यात्रामा पत्रकार जसकुमार राईद्धारा सहिद रत्नकुमार वान्तावाको जीवनीमा निर्माण तथा निर्देशन गरिएको वृतचित्र ‘बलिदान कहिले मर्दैन’ र किरात राई पत्रकार संघका निबर्तमान अध्यक्ष भीषण राईद्धारा पहिचानको विषयमा निर्देशीत वृतचित्र ‘पहिचान’ प्रर्दशन गरिने छ ।

बलिदान कहिले मर्दैन
कम्यूनिष्ट लिडर तथा बान्तवा भाषाका पहिलो गीत लेखक रत्नकुमार बान्तावालाई, २०३५ सालमा ईलामको ईभाँङ भन्ने ठाँउमा पञ्चायत सरकारले गोलि हानेर मार्यो । त्यो बेला उनलाई नेपालको ‘लेनिन’, अनि ‘होचि मिन्ह’को रुपमा चित्रण गरिन्थ्यो । भियतनामी गुरिल्लाहरूको ‘सुरूङ युद्ध’ बाट प्रेरित भएर रत्नको आफ्नै घरको कोठाबाट सुरुङ खनेर, यूद्धको तयारी गरेका थिए । कम्यूनिष्टहरुको लागि यो सुरुङग आजकाल तिर्थस्थल जस्तो भएकोछ । त्यागी र ईमान्दार मानिएका नेता बान्तावा शसस्त्र यूद्ध विना पुरानो संरचनालाई भत्काउन सकिन्न भनेर विस्वास राख्थे । उनि बान्तावा भाषाका पहिलो लेखक भएकोले उनले लेखेको वान्तावा भाषाको क्रान्तीकारी गीत आजपनि चर्चित छ । यो गीत मार्फत नै उनले आफ्नै जाती वान्तावाहरुलाई संगठन गरि परिचालन गरेका थिए । यो हत्याको १० बर्षपछि नै ४६ सालमा पञ्चयाती शासन ढल्यो । प्रजातन्त्र प्राप्त भयो । यो देशमा जनताको राजनीतिक अधिकार र हैसियत प्राप्त भयो । यो प्रजातन्त्र प्राप्तीको लागि उनको बलिदानको ब्याख्या त्यो बेला धेरै गरियो । वितेका अढाई दशक भित्र रत्नकुमार बान्तावाले नेतृत्व गरेको कम्युनिष्ट पार्टी सत्ताको प्रमुख खेलाडी बनिरहे । खोला तर्यो लौरो विर्सीयो । यो डकुमेन्ट्रीले बलिदानको कथा भन्छ ।

पहिचान
आदिवासी जनजाती नेता गोरेबहादुर खपाङ्गीले दशकौ पहिले पहिचानको मुद्दालाई उठाएका थिए । तर त्यसको खास गुञ्जायस भएन । माओवादीले थालेको सशस्त्र युद्ध शान्ति प्रक्रिया, पहिलो र दोस्रो संविधानसभाको निर्वाचन, संविधानको निर्माण र अहिले त्यसको कार्यन्वयनको चरणमा आईपुग्दा पनि पहिचानको मुद्दा नेपाली राजनीतिको केन्दमा रहेको छ । यस पहिचान वृत्तचित्र यसैको पेरिफेरीमा रहेर निर्माण गरिएको हो । पहिचान पक्षधर र पहिचानको चर्को विरोध यस बीच रहेको भ्रम र वास्तविकता बुझाउन यो वृक्तचित्र साधक हुने छ । विशेषत पहिचानका लागि नेपालको आदिवासी जनजाती, दलित, मुस्लिम, पिछडीएका क्षेत्र, मधेशी र थारुहरुले गरेका सडक आन्दोलनको कथा हो पहिचान ।

photo-dkp

प्रतिक्रिया दिनुहोस्