२ बैशाख २०७८, बिहीबार |


लिम्बू पत्रकार संघको भावी यात्रा


एभरेष्टवीक
३ मंसिर २०७३, शुक्रबार ०३:३२

photoमानिस विकास हुदै जाने क्रममा ( सिसु, बालक, युवा, जवान हुदै बुढेसकाल ) उमेरको तह अनुसार व्यवहारिक जिम्मेवारी र भूमीका हुन्छन् । हतार गरेर सफला पाउन कठिन हुन्छ । जीवनको आरोह अवरोह पार हुदै जाने क्रममा धेरै प्रकारको समस्या र चुनौतीहरुको समेत सामना गर्नुपर्ने हुन्छ । हाम्रो जीवन चक्र जस्तै हुन्छ सांगठानिक जीवन पनि । आज लिम्बू पत्रकार संघको सांगठानिक जीवन पनि त्यस्तै छ । बालापनमा क्रममा पालन पोषण हुन नसकेको हो । सवल तरीकाले संस्था चलन सक्ने विधि र प्रकियाहरु हुन्छन् । बालकको लागि आमाको संरक्षण र बाबुको कर्तव्य जस्तै ।
समाजका अनेक रंग हुन्छन् । पेशा व्यवसाय, विचार, जाती, भूगोल, लिङ्ग, क्षेत्र आदि । जनतालाई सूसचित गर्ने र राज्यको निगरानी गर्ने अत्यन्तै जिम्मेवार पेशा हामी सम्हाली रहेका छौ । त्यसमा पनि हामी लिम्बू
जाती भएकाले हाम्रो संस्कार, संस्कृती अभिलेखिकरण तथा हामा्रे समुदायको विविध आयामहरु बहिर ल्याउनका लागि लिम्बू पत्रकार संघको स्थापना भएको हो । यो संस्था अहिलेको अवस्थासम्म आई पुग्नका लागि धेरै अग्रजहरुले योगदान गरेका छन् । २०५५मा सूर्य सम्बाहाम्फेको अध्यक्षमा ८ सदस्य समिति र २ सल्लाहकार सहिती याक्थुङ पत्रकार संघको जन्म भएको थियो । यो समितिले निरन्तरता भने पाउन सकेन । त्यसको ६ बर्षपछि २०६१ सालमा अइन्द्र सुन्दर नेम्बाङको अध्यक्षमा १४ सदस्य समिति गठन भै लिम्बु पत्रकार संघ ब्युताउने काम भयो। जून उदेश्य र आवश्यकता बोधले हिजो लिम्बू पत्रकार संघ स्थापना भएको थियो त्यसको महत्व आज झनै बढेको छ । लिम्बू पत्रकार संघ विश्व भर रहेर पत्रकारिता पेशामा आबद्ध भएको लिम्बू पत्रकारहरुको साझा र स्वतन्त्र संगठनका रुपमा रहेको छ । सस्थागत पत्रकारीताको व्यावहारीक महत्व कम हुदैन । लिम्बू पत्रकारहरुका लागि सवल, सक्षम र व्यवसायिक पत्रकारिताका लागि एक महत्व थलो हो लिम्बू पत्रकार संघ ।

नेपालमा प्रजातन्त्र प्राप्तिपछि पत्रकारीताको तीव्र गतिमा विकास भएको पाइन्छ । प्रजातन्त्र स्थापनादेखि देशका हरेक स्थानमा संचार गृहहरु स्थापना भई संञ्चालन हुने क्रम वृद्धि भएको छ । क्रमस संघीय लोकतान्त्रीक गणतन्त्र स्थापना देखि देशब्यापी रुपमा संचार गृह र संचारकर्मीको संख्यामा उल्लेख्य रुपमा वृद्धि भइरहका छन् । यही समयले गर्दा आज हामीले आफ्नो मौलिक वा पहिचान सहितको पत्रकारिता पेसा संस्थागत रुपमा अगाडी बढाउन आवस्यक छ । लिम्बु पत्रकार संघ मार्पmत पेशागत र बिषयगत रुपमा सफलता पाउन सकिन्छ । आफ्ना विचार, विषय र व्यवहार साथै मौलिकपनको समेत समान अवसर तथा सम्ंमानजनक सहभागीतताको हैसियत बनाउनलाई थप संगठन मजबुत हुन आवश्यक छ । पेशागत विकासको समन्वय र सहकार्य हुने , सञ्चार गृहहरुमा समान सहभागीता गर्न संस्थतागत सवलीकरण गर्न जरुरी छ । अतिरीक्त क्रियाकलापमा जुटेर हाम्रो पेशा र विषयलाई प्रभाकारी बनाउदै देशमा महत्वपूर्ण योगदान गर्न लिम्बू पत्रकार संघको भूमस्का हुन आवश्यक छ ।
पूर्वी नेपालको लिम्बुवानी क्षेत्रका जिल्लाहरुमा पनि लिम्बू पत्रकारहरु संचार क्षेत्रमा अत्यधिक मात्रमा उपस्थिति र योगदान रहेको पाइन्छ । तर संचार गृहको महत्वपूर्ण पद तथा जिम्मेवारमा भने विरलै मात्रामा रहेको पाइन्छ । यो पूर्वको जिल्लामा भने सन्तोषजनक रहेको छ । यो बेला लिम्बू पत्रकार संगठनले गौरव गर्ने र अवसरको अधिक उपयोग गर्दै पेशागत विकास र प्रभावकारी काम गरी समुदायको सवलीकरण गर्न जरुरी छ । संचार गृहको सहभागीताबाट फोनीज र एफएनजेमा समेत सहभागीता हुने आधारहरु छन् । फोनीजमा सन्तोषजनक रहेता पनी एफएनजेमा भने खडेरी लाग्ने वा विरलै हुने गरेको छ । साधारण सदस्यता लिनेको संख्या सघन रहेता पनि जिल्ला तथा केन्द्रिय समितिमा संलग्नता हुन सकेको छैन । अबका दिनमा एकता, मजबुत र सहकार्य गरी हाम्रो समुदायको सघन उपस्थीति हुने वातावरण बनाउने दायित्व तपाई हामीमा रहेको छ ।
समग्रमा पत्रकारिता पेशामा संलग्न हुने लिम्बू समुदाय न्यून रहेको छ । यस्ले गर्दा हाम्रो समुदायमा संचार गृह र संचारकर्मीको महत्व तथा आवश्यकताको बुझाइमा कमि हुनु स्वभाविक हुन जान्छ । जिल्ला तथा केन्द्रले समन्वय, सहकार्य र सहयोग गरि विकास तथा बिस्तार गर्न सकिन्छ । संचारको सञ्जाल र प्रयोग पनि यहि हो ।
अब संस्था संगठित एकता, मजबुत, सहयोग र सहकार्यबाट संभव छ । विवेकबाट बिषयको उठान गर्नुपर्छ । सस्थागत रुपमा सवलीकरण भै पेशागत विकास प्रभावकारी बनाउने वातावरण तय गर्न लिम्बू पत्रकार संघको आउँदो दोस्रो महाधिवेशनले भूमीका निर्वाह गर्नेछ । बिषयको उठान, औचित्व र प्रभावकारी हुन आवस्यक छ । पत्रकारिता पेशा उपदेश होइन, घटना मात्र पनि होइन । उर्जाशिल सिर्जना पनि हो । यो पेशाले सजक, सचेत, रुपानान्तरण गराउन सक्नुपर्छ । संस्थागत रुपमा यो अभियान हुन आवस्यक छ ।
नेपालमा व्यवस्थित सञ्चार गृह नहुनु, केहि रहेका सञ्चार गृहहरुमा हाम्रो उपस्थीती नदेखिनु । भएमा पनि जिल्ला रिपोर्टरका हैसीयत मात्र पाउनुले हाम्रो विषय, व्यवहार, मुद्दा मिसन पत्रकारीता पेशा भरपर्दो आधार क्षेत्र हुन नसकेको अवस्था छ । समुदायमा एक प्रकारले हामीले गरेको पत्रकारीता पेशा अप्रत्यारीलो र प्रभावकारीहीन महसुस हुनु स्वाभाविक हो । राज्यले समावेसी समानुपातिक नीति र नियम ल्याएको भएता पनि व्यवहारमा भने लागु हुन सकेको छैन । अब संचारकर्मीहरुले पेशागत र विषयगत रुपमै कडा तथा प्रभावकारी कदम चाल्न एक जुट नभई सफल हुन सकिंदैन ।
लेखक लिम्बू पत्रकार संघका महासचिव हुन ।

प्रतिक्रिया दिनुहोस्