३० बैशाख २०७८, बिहीबार |


शाखा विस्तारका लागि रु एक करोड नेटवर्थ


एभरेष्टवीक
१२ माघ २०७३, बुधबार १७:३६

काठमाडौँ, १२ माघ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शाखा विस्तार गर्न चाहने दलालले कम्तीमा रु एक करोड नेटवर्थ पु¥याउनुपर्ने अनिवार्य व्यवस्था गरेको छ ।
नेप्सले तोकेको पुँजी पु¥याएपछि मात्र सेयर दलाललाई शाखा बिस्तार गर्न दिइने प्रावधान अगाडि सारिएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए । ‘रिमोट वर्क स्टेसन’ स्थापनाका सम्बन्धमा नेप्से सञ्चालक समितिको बैठकले नेप्से व्यवस्थापनलाई प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो । नेप्सेले यसअघि नै शाखा विस्तार गर्ने सम्बन्धमा प्रक्रिया अघि बढाएको थियो ।
समितिको सो निर्देशनअनुसार धितोपत्र दलाल व्यवसायीलाई स्टेसन विस्तारका सम्बन्धमा व्यवसायीको पुँजी, आवश्यक पूर्वाधार, जनशक्ति, राफसाफलगायत कार्य व्यवस्थपनसम्बन्धी व्यहोरा बोर्डलाई जानकारी गराएको छ । हाल ५० ब्रोकरमध्ये ४१ ब्रोकर उपत्यका बाहिर जान राजि भएका छन् । विसं २०७४ असार मसान्तभित्र रु दुई करोड चुक्ता पुँजी पु¥याउनुपर्ने सर्तसमेत अगाडि सारिएको छ ।
त्यस्तै स्टेसन स्थापना गर्न चाहने दलालले कम्तिमा पावर ब्याकअप भएको तीन थान कम्प्युटर, ४०० वर्गफिटको कार्यालय, कारोबार कक्ष र डिस्प्ले हल छुट्टा छुट्टै व्यवस्था गर्नुपर्ने सर्तसमेत अगाडि बढाएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्