३० बैशाख २०७८, बिहीबार |


एमालेका बैकल्पिक केन्द्रीय सदस्य पाललाई पति शोक


एभरेष्टवीक
१७ माघ २०७३, सोमबार ०३:२१

काठमाडौ, १७ माघ । नेकपा (एमाले)का बैकल्पिक केन्द्रीय सदस्य निरु पाललाई पति शोक परेको छ ।

भीमदत्तनगरपालिका–१७ कञ्चनपुरका स्थायी बासिन्दा मोहन पालको आज बिहान ४५ वर्षको उमेरमा निधन भएको पालका छोरा लोकेश पालले जानकारी दिए ।

आइतबार पेटसम्बन्धी समस्याका कारण उपचारका लागि महाकाली अञ्चल अस्पताल लगिएको र त्यहाँ उपचार हुन नसकेपछि रिफर गरी सेती अञ्चल अस्पतालमा लगिएको थियो ।

उनलाई थप उपचारका लागि आज बिहान काठमाडाँै ल्याउने तयारी हुँदाहुँदै सोही अस्पतालमानै निधन भएको हो । एमाले नेता पालको श्रीमती र दुई छोरा छन् ।

प्रतिक्रिया दिनुहोस्