२५ बैशाख २०७८, शनिबार |


कञ्चन क्याम्पसमा आगजनी


एभरेष्टवीक
२७ माघ २०७३, बिहीबार ०८:४२

भीमदत्तनगर, २७ माघ । कञ्चनपुरको भीमदत्तनगरमा रहेको कञ्चन सामुदायिक क्याम्पसमा गएराति अज्ञात समूहले आगजनी गरेका छन् ।
क्याम्पसको प्रशासन र लेखाकक्षमा गरिएको आगजनीका कारण क्याम्पसका सबै कागजात जलेर पूर्णरुपमा नष्ट भएका छन् । मध्यरातमा गरिएको आगजनीबारे क्याम्पसमा रहेका चौकीदारले प्रहरीलाई खबर गरेपछि तत्काल घटनास्थल पुगेको प्रहरीले दमकलको सहारामा आगो निभाएका थिए ।
आगजनी कसले र किन ग¥यो भन्नेबारे प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । क्याम्पस प्रमुख डा. राजकुमार साउँदले आगजनी गर्ने समूहलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । आगजनीका कारण आज बिहान क्याम्पसको अध्ययनसमेत प्रभावित भएको छ । विद्यार्थीले दोषीलाई कारबाहीको माग गर्दै क्याम्पस परिसरमै प्रदर्शन समेत गरेका छन । केही साताअघि मात्रै क्याम्पसबाट अज्ञात समूहले नै एक थान ल्यापटप र रु दुई लाख चोरी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्