३१ बैशाख २०७८, शुक्रबार |


साहुको ऋण नतिर्ने महिला जेल चलान


एभरेष्टवीक
२ फाल्गुन २०७३, सोमबार ०८:०९

गौशाला, २ फागुन । महोत्तरी जिल्लाको औरही गाविसमा साहुको ऋण नतिर्ने एक महिलालाई महोत्तरी जिल्ला अदालतले जेल चलान गरेको छ ।
जेल चलान हुनेमा औरही गाविस–७ बस्ने अमृति देवी यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले बताए ।
औरही–९ बस्ने साहु रामदिनेश सिंहसित लिएको कर्जा बुझाउन नसक्दा महिला यादवमाथि साहु सिंहले महोत्तरी जिल्ला अदालतमा मुद्दा दिएकामा अदालतले उनलाई २०६९ असार २८ गतेका दिन १० महिना कैद तोकिएको थियो । तर महिला यादव सोही बेलादेखि फरार रहँदै आएकी थिइन् ।
यसैबीच प्रहरीले उनलाई शनिबार उनको घरैबाट पक्राउ गरी आइतबार महोत्तरी जिल्ला अदालतमा उपस्थित गराएकामा अदालतले उनलाई कैद भुक्तानका लागि जिल्ला कारागार कार्यालय जलेश्वरमा पठाउने आदेश दिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्