२९ जेष्ठ २०७८, शनिबार |


कसले पुछिदेला रोइरहेका आँखाका आँशु ?


एभरेष्टवीक
४ फाल्गुन २०७३, बुधबार ०२:४१

मधेश इतिहासको कालखण्डमा शोषित उत्पीडित जनताहरूको अधिकारका लागि कैयौं अधिकारवादी आन्दोलनहरू भए, गराइए । जसको इतिहास र सम्झनाहरू कति इतिहास र सम्झनामा नै सीमित हुन पुग्यो । कुनै कुनैलाई मात्र सम्झने र इतिहासले याद गरिराख्ने भएका छन् । त्यस मध्येका निकै नै चर्चित बिर्सनै नसक्ने कस्ता कस्ता हस्तीहरूलाई ओट लगाएका । कैयौं ठूलठूला लामो राजनीतिको इतिहास बोकेका हस्तीहरूलाई आफ्नो पुरानो साम्राज्यलाई भत्काई, घुटाई आफ्नो रापतापमा समेटिएर डोरयाएर अगाडी बढाएका र बढाउने क्रमलाई उत्प्रेरित गर्ने गराएका इतिहासले कहिले न बिर्सने एउटा त्यस्तो घटनालाई केही संक्षिप्तमा सम्प्रेषण गरी अगाडी बढ्ने क्रममा शोषित उत्पीडित जनताहरूको ठूलो राप र तापबाट ज्वालामुखीझैं श्रृजित भई विस्फोट भएका विशाल मधेशका वीर सपुत रमेश महतोको तातो रगतबाट विस्फोट भएका अधिकारवादी मधेशजनविद्रोह । जसको राप र ताप यति न उज्यालो र तेज थियो की नदेखेका आँखाहरू नसुनेका कानहरू, नसम्झेका मस्तिष्कहरू, नबुझेका सोचहरूले देख्न, सुन्न, सम्झन र बुझ्न, सोच्न एकै चोटी शोषणकारी लगायत देशविदेश हुँदै सारा ब्रह्माण्डलाई आफ्नो तेज र ज्वालाको प्रकाश देखायो ।
मधेश र मधेशीको पहिचान अन्तर्राष्ट्रिय जगतमै कायम गर्दै मधेश र मधेशी के चाहन्छन् भन्ने विश्व समुदायलाई देखाउँदै सदाका लागि आँखाभरी रगतको आँसु लिई मधेशका घर्तीमा छरिएर समाहित भए । तातो रगतको बछिटाले सम्पूर्ण मधेशलाई नै तातोमय बनाई दियो । जसको राप र तापले शोषित उत्पीडित वीर सपुत मधेशीहरूले आगो ओकिल्दै जन विद्रोहमा उत्रिए । देशका शासक वर्गहरूले सहन नसकेर निहत्था निमुखा जनताहरूलाई भुजा भुटेझैं कतिको कोख त कतिको सिउदोको सिन्दुर कतिलाई टुहरा बनाई कैयौं वीर सपुतहरूलाई सदाका लागि मधेश धर्तीमाताको काँखमा पु¥यायाई दिए । तैपनि वीर सपुतहरूले आफ्नो खुट्टा नकपाई अधिकारवादी जनविद्रोह गर्दै अगाडी बढ्दै गए । अन्ततः शासक वर्गहरूको गोली नै रित्तियो । आखिरकार उही कागजको टुक्रामा खेस्रा गरी सबैथोक विसमीत भयो । रक्तमय विशाल मधेशका वीर सपुतहरू आँखाभरी रगतको धारेलाई पिउँदै यस्तै रै छ भनेर भ्याए जति सबैथोक सबै शक्ति दिएर महान आन्दोलनकारी अगुवाहरूलाई ठूलाठूला आश र अधिकारलाई स्थायित्व गर्न सिंशको जस्तो राज्य गर्न सिंहदरबार तीर कुदाए । यी महान पात्रहरूसँग रोएका आँखाहरूलाई ठूलो आश र विश्वास थियो । हुन पनि किन न हो । आखिरकार समय बित्न धेरै दिन पनि लागेन सोचेका सम्झेका सबैथोक विपरीत र उल्टो भयो । हाम्रा यी महान पात्र आन्दोलनकारीहरू के के मा अल्झियो पतै लागेन । शायद शासक वर्गहरूको चिल्ला चिप्ला सोच विचार लोभ लालच अथवा आसमा फसेर होला की सबथोक बिर्सेर सत्ता भत्ता आलिसान र बिलासिता जीवनमा रमाउँदै गए ।
यी बिलासिता जीवनको उन्माद यति लाग्यो कि आफूले भोगेका भनेका, गुमाएका, यस्ता यस्तै कैयौं बाचाहरूलाई थाती राखेर, बिर्सेर कबmभ तय थयग कै पथमा अगाडी बढ्दै गए । आफ्नै सुरमा कहिकतै नहेरी नसुनी एकाग्र रूपमा यति अगाडी बढ्यो की कहाँ लड्यो कि पत्तै पाएन । होस आउँदा त सबथोक गुमाइसकेका रहेछन् । यहानेर एउटा उखान, गाउँघरमा एउटा नाच हुन्छ नाच खेल्नेहरूमा एउटा १४ कोषे रातीको लागी राजा हुन्छ । नाच खत्म भएपछि बिहान पख उ राजा आफ्नो घर बारी वा अरूको घर बारीमा काम गर्न थाल्छ । राती नाच देखेका बच्चाहरू काम गरेका राजालाई देख्छ । अनि आफ्नो ठूलावडासँग सोध्छ उ त राजा थिए कसरी अर्काको काम गर्छ । अनि ठूलावडाले जवाफ दिन्छ, साँच्चैको राजा थोरै हो नाटकको राजा पो हो त । काम गरेन भने के खान्छ । बच्चाहरू अचम्म मानी सोच्छ र हास्छन् । के हो यो कुरा । बुझ्नै गाह्रो हुँदो रहेछ । यस्तो भयो हाम्रा महान पात्रहरूलाई सोच्नै र बुझ्नै सकेन । आखिरकार घाइल शेरको जस्तो फेरि नानाथरी बहाना बनाई फेरि उही राप र तापलाई ब्युताउँदै ब्युताउँदै आगो बाली नै सक्यो । के गरोस् त सोझा निमुखा शोषित उत्पीडित सपुतहरू चिल्ला, चिप्ला कुरामा फसेर साथ र हात दिँदै अगाडी बढदै गए, अन्ततः भोका नंगा शेरहरू उही आफ्नो पुरानै नीति अनुरूप वीर सपुतहरूको तातो रगत पिउन उद्धृत भई मधेश धर्तीमातालाई रगतले रगतामय गर्न थाले ।
कैयौं वीर सपुतहरूले हाँसी हाँसी रगत बगाउँदै मधेश धर्तीमाताको काँखमा सदाका लागि विसमित हुँदै गए । आखिर उही कागजको खेस्रोले सबथोक फेरि जस्ताको त्यस्तै बनाई दियो । फेरि हाम्रा महान पात्रहरूले सबथोक स्वीकारी पुरानै नीति र सोचमा अगाडी बढ्न थाले र बारम्बार यस्तो हुँदो हो की क्या हो ? यस्तो फेरि नहोस् भन्ने सचेत हुनुस् समयले कसैलाई पर्खिदैन । आफ्नो गल्ती कमी कमजोरीहरूलाई समयमा नै सुधारी सबै एकढिका भई नयाँ सोच र सम्झदारी स्वच्छ मन बचन कामले अगाडी बढ्नुस् । दिन दूर छैन सोझा सिधा निमुखा जनताहरूले अवश्य नै साथ दिने छन् । तपाईहरूको सानो गल्तीले ठूलो उन्माद मचाउन सक्छ । शासक वर्गले सदैव त्यहीं ताकमा हुन्छ की कसरी कुन सुत्र दाउपेच कस्तो नीति अथवा कस्तो खाले कमजोरीलाई समातौं की केही न दिई ठूलो क्षति पु¥याई आफ्नो साम्राज्य कायम गर्दै सत्तासीन भइरहने, त्यसका लागि उनीहरू हरसम्भव प्रयास गरिरहन्छन् । त्यसैले सम्झी बुझी सुझबुझका साथ सबै एकढिक्का भई अगाडी बढनुस् । मधेश माताका वीर सपूतहरू सधैं साथ दिने छन् ।
तपाईका राम्रा सोच र कार्यका लागि सधैंभरि वीर सपूतहरूले हाँसीहाँसी शाषक वर्गको तातो गोली खान टाउकोमा कफन बाँधी अधिकारवादी जंगमा कुद्न तयार छन् । आमा वीर सपूतहरूको रगतमय आँखाका आँसुले अझै हेरिरहेका छन् की बितेका दश वर्षमा ककसले के गरेका छन् । कसले उर्बर जमीनलाई सदाका लागि रणभूमि बनाउँदै छन्, यस्ता घटनाहरूको अवलोकन गर्दैछन् । सुतेका छैन ती आँखाहरू खेजीमा छन् । अब भो कति गर्ने यी जालझेल । छोडी देउ यी सबथोक । देउ सबैलाई समान आधिकार । कसैको कोख न उजाड । कसैको सिउँदोको सिन्दुर नबगाउ । कसैलाई टुहुरा नबनाउन । गाउँघर शहर बजार सुनसान भो । अब विश्राम गर । हामीलाई पनि सदाका लागि विश्राम देउ । हेरिरहेका छन् ती वीर वीराङगनालाई कसले देला शान्ति कसले पुछिदेला रोइरहेका आँखाको आँसु । अमर वीर सपुतहरूप्रति सच्चा श्रद्धाञ्जली अर्पण कसरी हुनेछ भन्नेतिर लागौं । वीर सहीदहरूलाई कहिल्यै बिर्सनु भएन । हरेक नागरिकले आमरूपमा जनस्तरबाट वर्षमा एक चोटी भए पनि यहाँहरूको सम्झनामा थोरै समय निकाली आ–आफ्नो स्तरबाट बलिदानी दिवस तथा श्रद्धाञ्जली सुमन अर्पण हुने र दिने गरी केही न केही अवश्य गरांै । यही आग्रह गर्दै सधैंका लागि वीर शहीदहरूको आत्माको चीर शान्तिको कामनासहित मेरो तर्फबाट पनि हार्दिक श्रद्धा सुमन । (लेखक, समृद्ध मधेश युवा विद्यार्थी नागरिक अभियानका संयोजक तथा मधेश उत्थान फाउण्डेशनका अध्यक्ष हुन् ।) (मधेश दर्पण फिचर सेवा)

प्रतिक्रिया दिनुहोस्