२७ बैशाख २०७८, सोमबार |


चुनाव तोकिएकै समयमा हुन्छ ः नेता पौडेल


एभरेष्टवीक
१६ चैत्र २०७३, बुधबार ११:००

पथरी (मोरङ), १६ चैत । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन अपरिहार्य भएको बताएका छन् ।
मधेसी जनताको माग पूरा गर्न काँग्रेस तयार रहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज संञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै पौडेलले भने – “ संविधान कार्यान्वयनका लागि निर्वाचनको विकल्प छैन्, तोकिएकै समयमा निर्वाचन हुन्छ ।”
नेता पौडेलले निर्वाचनको तयारी पूरा भइसकेकाले कसैले चाहेर पनि निर्वाचन नबिथोल्ने बताउँदै मधेसी मोर्चालाईसमेत निर्वाचनमा सहभागी गराउने वातावरण बनाउनेतर्फ गृहकार्य भइरहेको बताए । मोर्चापनि निर्वाचनमा सहभागी हुने विश्वास उनले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्