२ बैशाख २०७८, बिहीबार |


एसियन माउन्टेन बाइक रेस


एभरेष्टवीक
१८ चैत्र २०७३, शुक्रबार १०:४६

काठमाडौँ, १८ चैत । माउन्टेन बाइक कम्पनी प्रालिका आयोजनामा एसियन एन्ड्युरो सिरिज माउन्टेन बाइक रेसको दोस्रो संस्करण यसै महिनामा हुने भएको छ ।
यही चैत २४ देखि २७ गतेसम्म नगरकोटमा आयोजना हुने उक्त रेसमा नेपालसहित १७ देशका ८१ जनाको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा संयोजक अनुज अधिकारीले जानकारी दिए ।
उनकाअनुसार रेसमा नेपालबाट ४२ जना र विदेशबाट ३९ जनाले प्रतिस्पर्धा गर्नेछन् । जसमा बेलयातबाट छ, बङ्गलादेशबाट पाँच, सिङ्गापुर, फिलिपिन्स र थाइल्यान्डबाट चार–चार जनाका दरले भाग लिनेछन् ।
त्यसैगरी अमेरिकाबाट तीन भारत र अस्ट्रेलियाबाट दुई÷दुई तथा भुटान, नेदरल्यान्ड्स, फ्रान्स न्युजिल्याण्ड, जर्मनी, भेनेजुएला, मेक्सिको र मलेसियाबाट एक÷एकजनाले प्रतिस्पर्धा गर्नेछन् ।
खुला समूह पुरुषमात्रै, महिला समूह, पुरुष ४० वर्षभन्दा माथिको समूह, पुरुष ३१ देखि ३९ वर्षको समूह तथा पुरुष १७ वर्षभन्दा कम उमेर समूहका गरी पाँच विधामा रेस हुनेछ ।
उक्त रेसको दूरी करिब १३ किलोमिटर रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्