२६ बैशाख २०७८, आईतवार |


बोधिचित्तको प्रयोग र खेती लगाउने विधि


एभरेष्टवीक
२४ चैत्र २०७३, बिहीबार ०८:२७


बोधिचित्त एक जिजिपस जातीमा पर्ने नयाँ प्रजाति जिजिपस वुद्धेन्सिस हो । यसलाई स्थानीय भाषामा वद्धचित्त वा वोधिचित्त पनि भनिन्छ । बोधिचित्त माला तामाङ समुदाय र विशषगरी तिब्बती तथा चिनियाँ समाजमा धार्मिक एव सांस्कृतिक प्रयोगमा आउने जप गर्ने माला हो । बोधिचित्तका रूख खास गरी पराप्र्व काल देखि काभ्रेका तिमाल क्षेत्रमा मात्र पाइदा रहेछ । यसका प्रयोग र महत्व बार हाल आएर व्यापक चर्चा र उच्च बजार म्ल्यले गर्दा किसान र व्यवसायीलाई अत्यन्त फाइदा भइरहेका छ । बयर प्रजातिका एक प्रकारका हल्का काँडा हुन यो रूखका उत्पत्ति काभ्रेका तिमाल क्षेत्रलाइ मानिन्छ । भारतमा भएका बौद्ध सम्मलेलन पश्चातलोक प्रिय हुन पुगेका बोधिचित्तका माग चीन, ताइवान, कोरिया, सिंगापुर आदि देशमा पनि उच्च नै रहेको छ ।
प्रयोग ः
यसको फल माला बनाउन तथा सजावटका लागि पनि प्रयोग गरिन्छ भने विरूवा गाई बस्तुका दानाका रूपमा पनि प्रयोग गन सकिन्छ । यसका विरूवाबाट प्रापत फल वा दानाका माला मुख्यतया वुद्ध धर्मावलम्बीहरूले प्रयोग गर्छन । वौद्धिक गुरू दलाइ लामाले पनि आफना प्रार्थनाका समयमा यसका माला प्रयोग गर्न हुन्छ । बौद्ध धर्ममा धेर महत्वका भएका कारणल गर्दा यसलाई नेपाली समाज तथा स्थानीय भाषामा बौद्धचित्त भनेर चिनिन्छ । बोद्धिचित्तका दानालाइ सुख्खा पारिन्छ र मालाका रूपमा परिणत गरिन्छ जुन अहिले अत्याधिक मागका श्रोत हो ।
यो रूखका फल जति साना भयो त्यत्ति नै महत्वका मानिन्छ किनकि साना दानाहरू ठ्लाको तुलनामा धेरै म्ल्यमा विक्रि हुन्छन । भारत, चीन, जापान, सिंगापुर, कोरिया यस विरूवाबाट प्राप्त हुने दानाका माला निर्यात हुने मुख्य देशहरू हुन् ।
काभ्रे जिल्लामा फलेका एक पाथी दाना अर्थात करिब ३.६ देखि ३.९ केजी दानाका म्ल्य रू २५ लाख जति पर्न जान्छ ।
खेती कसरी गर्ने ?
बोधिचित्त मालाका विरूवा समशितोष्ण (४०० मि. देखि २३०० मि.) हावापानीमा लगाउन सकिन्छ । नयाँ पालुवा र जरा आउन भन्दा अगाडि रोपिएका विरूवा सप्रिन र राम्रा हुनका साथ छिटो फल्ने हुन्छ । तर पनि उचित हेरचाह गरेमा असार साउनसम्म र हिँउदमा पनि यसलाइ रोप्न सकिन्छ ।
यस विरूवालाइ सौखका लागि ठ्ला गमलामा पनि आवश्यक मलजल सहित रोप्न सकिन्छ भने जमिनमा धेरै संख्यामा रोप्दा ५÷६ मिटरका दुरी कायम गरी रोप्नु पर्दछ । यसका बोटमा रोपेका ३÷४ वर्ष देखी दाना फल्न सुरू हुन्छ । रातो माटो र कालो माटोमा यसलाइ राम्रोसंग हुर्काउन सकिन्छ । बलौटे माटोमा पनि यसलाइ राम्रोसंग मलजल र हेरचाह गन सके हुर्काउन सकिन्छ । यसको बोटलाइ तुसारा तथा हुस्स पन जस्ता कुराहरूले खास असर पर्दैन ।
खेती लगाउने विधि ः
यसको खेतीका निम्ति ठ्ला खाडल खनेर मल र माटोका मिश्रण राखिन्छ । त्यसपछि नया पालुवा आउन अघिका विरूवालाइ त्यसमा रोपिन्छ । हिँउदका समयमा पानीका राम्रा व्यवस्थापन गर्न सकिन्छ भने हिँउदमा पनि राम्रोसंग यसलाई लगाउन सकिन्छ । स्याहार सुसार राम्रासंग गरेर हुर्काएका विरूवालाई हुर्किसकेपछि त्यत्ति धेरै हेरचाह गर्नु पर्ने हुँदैन ।
बजार मुुुल्य ः
बोधिचित्त मालाका बजार म्ल्य यसका प्रकार र आकार अनुसार निर्धारण हुन्छ । हाल फलिरहेका मालाका दानाका प्रकार अनुसार ३ दखि ७ मुख सम्मका म्ल्य प्रति गोटा रू ४ सय देखि ६ लाख सम्म पन जान्छ । त्यस गरी दुइ मुख मालाका भने आकार अनसारका म्ल्य हुन्छ । ७ मिमि का १०८ गेडा वा एक मालाको करिब ६ लाखसम्म पर्न जान्छ भने आकार बढ्दै जाँदा म्ल्य कम हुँद जान्छ । अन्त्यमा सबैभन्दा ठ्ला साइजका माला भने पाथिमा भरेर २५ हजार देखि ३० हजार सम्ममा बेचिन्छ । बुद्ध धर्म मान्नेहरूका लागि यो माला विशेष मानिन्छ ।
यसको माला दलाई लामाले पनि प्रयोग गर्नु हुन्छ । चिन, जापान, कोरिया, थाइल्याण्ड, तिब्बत, भियतनाम, मकाउ, ताईवान आदि दशहरूमा यसका माग उच्च छ र कम से कम १० वर्षसम्म यसका माग उच्च नै रहनेछ ।
बौद्ध धर्म अनुसार बोधिचित (बोधिः जागृत वा प्रज्वलित, चित्त ः मन) भन्नाले ज्ञानले प्रज्वलित भएको मस्तिष्क भन्न बुझिन्छ । बोधिचित्तका प्रयोग गरेर बौद्ध धर्मावलम्बीहरूका निमित्त प्रयोग हुन ब्रास्लेट, जप माला तथा गोटीहरू बनाइन्छ । बोधिचित्तका प्रार्थनामा प्रयोग हुन माला गुरू पद्य सम्भवबाट प्रादुर्भाव भएका मानिन्छ जसले तिब्बतमा वज्रयन बौद्ध धर्मलाइ परिचित गराएका थिए । उनले हाल नेपालका तोम्सुंग कुण्डका गुफामा ध्यान गरेका अवस्थामा यी मालाका सहयोगले विभिन्न मन्त्रहरू जप्न सकिन्छ । प्राय धर्मावलम्बीहरूले यी मन्त्रहरू जप्दै माला घुमाउन थाल्दछ । यसरी माला घुमाउँदा मन र चित्त शान्त पार्न सहयोग गर्दछ । केही मालाहरूमा बोधि चित्तका दानाहरू बाहेक बहुम्ल्य पत्थरहरू, काठ, बीऊ तथा हड्डीका समेत प्रयोग गरिएको हुन्छ । यसमा प्रयोग हुन प्रमुख दानालाइ गुरू दाना पनि भनिन्छ । केही मालाहरूमा केही नियमित अन्तरालमा छुट्ट दानाका प्रयोग गरिएका हुन्छ । जस्तै मालाका २७ औ दाना पछि बहुम्ल्य पत्थर राखिएका हुन सक्छ जस अनुसार मालाका चतुर्थांश पार गरियो भन्ने कुरा थाहा हुन्छ । माला जप्दा गुरू दानाका दाहिने दानाबाट शुरू गरिन्छ जसलाइ चोर औंला तथा बुढी औंलाका बीचमा राखेर घुमाइन्छ । हरेक मन्त्र संग एक दाना अगाडि बढ्छ । हरेक जप पश्चात मनमा शान्तिका भाव पैदा हुन्छ र ध्यान केन्द्रित रहन्छ । तर यसका निमित्त मन्त्र जप्दा दत्तचित्त हुन आवश्यक हुन्छ । या मालाका नियमित प्रयोगले भित्री शक्ति जीवित रहन्छ भन्ने पनि विश्वास गरिन्छ ।
यसका कारणले गर्दा बोधि चित्तका बजार म्ल्य पनि आकासिएको छ । यसको श्रेय धर्म गुरू दलाई लामालाई पनि जान्छ जसले चार वर्ष अघि नेपालमा पाइन बोधि चित्तका दाना विशेष प्रकारका हुन्छ भन्न कुरा बताएका थिए ९न्यिदब िख्यष्अभक इलष्लिभ० । बोधिचित्तका माला यहाँ किसानहरूले करिब रूपैया पाँच हजारमा विक्रि गर्छन भने त्यही माला तिब्बतमा करिब रू. एक लाख देखि एक लाख पचास हजारसम्ममा विक्रि हुन्छ । खेती कम तथा बजारका माग बढी भएको हुनाले पनि यसका बजार म्ल्य उच्च छ । वैज्ञानिकहरू खेम राज भट्टराइ तथा मित्र लाल पाठकले हाल एक भारतीय लेखमाला क्ष्लमष्बल व्यगचलब िया एबिलत क्अष्भलअभक मा प्रकाशित गरेका एक लेख अनुसार नेपालमा पाइन बोधि चित्त एक विशेष प्रजातिका श्ष्शष्उजगक दगमजभलकष्क को रूख हो । यी अनुसन्धान कर्ताहरूका अनुसार यो बोधि चित्त भनेर चिनिने रूख काभ्रेपलाञ्चोक जिल्लाका केही सिमित क्षेत्रहरूमा मात्र पाइन्छ जुन नेपालका अन्य भागहरू तथा बंगलादेश, भुटान, चीन, भारत तथा पाकिस्तानमा हुर्काइने जिजिपसको प्रजाति भन्दा फरक छ ।
किंवदन्तीहरूका अनुसार ऐतिहासिक बुद्ध शाक्यमुनिले आफ्ना ध्यान पश्चात लुम्बिनी, नमोबुद्ध तथा काभ्रेपलाञ्चोकका तिमाल क्षेत्र यी तीन स्थानहरूमा तीन बोधिचित्तका विरूवाहरू छोडेका थिए । तर यी तीन स्थानहरू मध्येमा तिमाल क्षेत्रमा रहेका बोधिचित्त मात्र राम्ररी हकन पाएका हुनाल यो क्षेत्रमा मात्र बोधिचित्तका संख्या यसरी विस्तारित भएको हो । यो विषयमा अर्का एक किंवदन्ती पनि छ जसका अनुसार आठौ शताब्दीमा तिब्बतमा बौद्ध धर्म विस्तारित गर्न पद्यमसंभवल ध्यानका त्रममा काभ्रेका केही क्षेत्रहरूमा बोधिचित्तका रूख छोडेर गएका थिए ।
(स.वन अधिकृत, वन विभाग, बबरमहल, काडमाण्डौ । हाल ः स्नात्तकोत्तर (वन विज्ञान) स्कलर, कृ.त.व.वि.वि., हेटौडा)
(मधेश दर्पण फिचर सेवा)

प्रतिक्रिया दिनुहोस्