३१ चैत्र २०७७, मंगलवार |


राष्ट्रपति भण्डारीको भारत भ्रमण तय


एभरेष्टवीक
३० चैत्र २०७३, बुधबार ०७:११

काठमाडौँ, ३० चैत । राष्ट्रपति विद्यादेवी भण्डारी भारतको पाँचदिने राजकीय भ्रमणका लागि आगामी वैशाख ४ गते त्यसतर्फ जाने निश्चित भएको छ ।
भारतका राष्ट्रपति प्रणव मुखर्जीको निमन्त्रणामा राष्ट्रपति भण्डारीको पहिलो भारत भ्रमण हुन लागेको हो ।
परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गरी सार्वजनिक गरेको कार्यतालिकाअनुसार भ्रमणका क्रममा राष्ट्रपति भण्डारीसँग भारतका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीको शिष्टाचार भेट हुनेछ । राष्ट्रपति भण्डारी त्यहाँ हुने विभिन्न स्वागत समारोहमा पनि सहभागी हुने भ्रमणका क्रममा गुजरात र उडिसा राज्यमा पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारी वैशाख ९ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्