३१ चैत्र २०७७, मंगलवार |


महानगरपालिकाबाट दोब्बर भन्दा बढी कर सङ्कलन


एभरेष्टवीक
११ बैशाख २०७४, सोमबार ०९:५६

काठमाडौँ,११ बैशाख । काठमाडौँ महानगरपालिकाले चालु अर्थिक वर्षमा लक्ष्य भन्दा दोब्बर बढी विज्ञापन कर सङ्कलन गरेको छ ।
चालु आर्थिक वर्षमा रु एक करोड ५० लाख विज्ञापन कर असुल गर्ने लक्ष्य लिएको कामपाले यही बैशाख सात गतेसम्म रु ५ करोड ७२ लाख ८३ हजार २२० राजस्व असुल गरिसकेको राजस्व महाशाखा प्रमुख धुव्र काफ्लेले बताए ।
उहाँका अनुसार कामपाले नियमविपरीत विभिन्न स्थानमा राखिएका विज्ञापनका होडिङबोर्डलाई कानुनको दायरमा ल्याउने र नियमबाहिर रहनेलाई कारबाही थालिएकाले लक्ष्य भन्दा निकै बढी कर सङ्कल भएको हो ।
सोही अनुसार राजस्व सङ्कलन भएमा आलु आर्थिक वर्षको अन्तिम सम्ममा रु सात करोडसम्म विज्ञापन कर सङ्कलन हुने अनुमान कामपाको छ ।
आर्थिक वर्ष २०७२÷७३ मा सोही शिर्षकको करमा रु चार करोड ३६ लाख ८ सय ४३ कर सङ्कलन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्