१४ मंसिर २०७८, मंगलवार |


स्नेहा ‘जुनियर स्कुल प्रिन्सेस’


एभरेष्टवीक
१२ बैशाख २०७४, मंगलवार ०६:०६

काठमाडौँ, १२ वैशाख । सिजन मिडियाले आयोजना गरेको छैटाँै ‘अक्षरा जुनियर स्कुल प्रिन्सेस–२०१७’ अन्तर्गत सिनियर समूहतर्फ भ्याली भ्यू पब्लिक स्कुल कक्षा ७ की स्नेहा थापा मगर विजयी भएकी छिन् ।
सातदेखि १३ वर्षका १८० आवेदकमध्ये छानिएका एक सय जनामा आफ्नो प्रतिभा प्रदर्शन गरेर मगर विजयी भएकी हुन् । यसैगरी रातो बङ्गला कक्षा ६ की जिना बस्नेत सेकेन्ड रनर अप र वीरेन्द्र आवासीय मावि कक्षा ७ की इशा पौडेल फस्ट रनर अपबाट ताजसहित पुरस्कृत भएका छन् ।
अक्षरा स्कुलका प्रिन्सिपल अञ्जु भट्टराईले सो पुरस्कार प्रदान गर्दै प्रतियोगितामा भाग लिएर छात्राहरुले विजयी हुनुभन्दा पनि सामाजिक घुलमिल र ज्ञान सिक्नु उपलब्धि भएको बताउनुभयो । तीनै जनालाई बाइसाइकलसहित अन्य उपहारबाट पुरस्कृत गरियो । यस्तै विभिन्न विधामा सहभागी छात्रा पुरस्कृत भएका थिए ।
हरेक वर्ष ‘एसएलसी प्रिन्सेस’ कार्यक्रम पनि सञ्चालन गर्दै आएको सो मिडियाका प्रबन्ध निर्देशक प्रदीपराज वन्तले वार्षिक परीक्षाको अन्त्यपछि विद्यार्थीमा अतिरिक्त सिकाइ प्रतिभाको सम्मानका लागि यस्तो कार्यक्रम सञ्चालन गरिएको बतानुभयो । जुनियरतर्फको अन्तिम प्रतियोगिताको परिणाम आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्