९ श्रावण २०७८, शनिबार |


काठमाडौँका १० नपामा निर्वाचन अधिकृत कार्यालय


एभरेष्टवीक
१३ बैशाख २०७४, बुधबार ०५:४६

काठमाडौँ, १३ वैशाख । काठमाडौँ जिल्लाका १० वटा नगरपालिकामा आगामी स्थानीय तहको निर्वाचन सम्पन्न गर्नका लागि मंगलबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
प्रत्येक नगरपालिकामा निर्वाचन सम्पन्न गर्नका लागि कार्यालय स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत पुरुषोत्तमप्रसाद ढकालले जानकारी गराउनुभयो । नार्गाजुन नगरपालिकामा सुदर्शन लामिछाने, शङ्खरापुरमा भुवनेश्वर पौडेल, गोकर्णेश्वरमा निर्मला सुवेदी र दक्षिणकालीमा प्रतिमा पोखरेललाई निर्वाचन अधिकृत तोकिपठाइएको छ ।
यसैगरी, तारकेश्वरमा निर्मला योङया, कागेश्वरी मनहरामा प्रकाश कोइराला, चन्द्रागिरिमा गणेश नायक, टोखामा दीनबन्धु बराल, कीर्तिपुरमा गजेन्द्रबहादुर सिंह र बूढानीलकण्ठमा सुरेशप्रसाद नेपाललाई निर्वाचन अधिकृत तोकिएको छ ।
ती निर्वाचन अधिकृतको कार्यालयले सम्बन्धित नगरपालिकाका लागि उम्मेदवारको मनोनयनदेखि निर्वाचन सम्पन्न गर्ने सबै काम गर्नुपर्नेछ । यसअघि यही वैशाख ३ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको थियो

प्रतिक्रिया दिनुहोस्