४ असार २०७८, शुक्रबार |


नेपाल र भारत सरकारको सम्झौताबाट बल्ब खरिद हुन्छःऊर्जामन्त्री


एभरेष्टवीक
२६ बैशाख २०७४, मंगलवार ०६:५१

सल्यान, २६ वैशाख । ऊर्जामन्त्री जनार्दन शर्माले सरकारले भारत सरकारबाट खरिद गर्न लागेको एलइडी बल्बमा बाहिर आएजस्तो कुनै चलखेल नभएको बताएका छन् ।
गृह जिल्ला रुकुम जाने क्रममा श्रीनगरमा पत्रकारसँग कुरा गर्दै मन्त्री शर्माले बल्ब खरिद गर्ने कुरा नेपाल र भारत सरकारबीच सम्झौता गरेर हुने कुरा हो, यसमा कुनै चलखेल भएको छैन भन्नुभयो । उनले खलङ्गा शीतलपाटी खानेपानीका लागि विद्युत् जडान प्रक्रिया ढिला भइरहेकाले तत्काल विद्युत् उपलब्ध गराउन नेपाल विद्युत् प्राधिकरण सल्यानलाई निर्देशन दिए ।
अर्का प्रसङ्गमा मन्त्री शर्माले सरकारले सबैलाई मिलाएर लानुपर्ने भएकाले दुई चरणमा स्थानीय चुनाव गर्न लागिएको जानकारी दिए । “सरकारले सबै राजनीतिक दललाई मिलाएर अगाडि बढ्न चाहेको छ, मधेसी मोर्चालाई पनि चुनावमा ल्याउन दुई चरणमा चुनाव गर्न लागिएको हो”, मन्त्री शर्माले भने ।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा विभिन्न स्थानमा भइरहेको झडपलाई लक्षित गर्दै दलहरुलाई संयमित हुन आग्रह गरे । “स्थानीय तहको चुनावमा सबै संयमित बनाँै, कसैैले पनि प्रतिशोध र तडकभडक नगरौंँ, सबै राजनीतिक दलले आफ्ना कार्यकर्तालाई संयमित बनाउने प्रयास गरांै”, मन्त्री शर्माले भने ।

प्रतिक्रिया दिनुहोस्