१० श्रावण २०७८, आईतवार |


कोरियन भाषा परीक्षा आजबाट


एभरेष्टवीक
२७ जेष्ठ २०७४, शनिबार ०३:०२

काठमाडौं । रोजगार अनुमति प्रणाली ९इपिएस० को आठौं भाषा परीक्षा आजबाट काठमाडौंमा सुरु हुँदैछ । शनिबार र आइतबार गरी दुई दिन हुने परीक्षाका लागि कोरियाको इपिएस शाखाले २६ परीक्षा केन्द्र निर्धारण गरिसकेका छन।

ईपिएस शाखाका निर्देशक बाबुराम खतिवडाका अनुसार परीक्षा दुई सिफ्टमा सञ्चालन हुनेछ । पहिलो सिफ्ट बिहान ८ बजेदेखि ११ः१० बजेसम्म सञ्चालन हुनेछ भने दोस्रो सिफ्ट दिउँसो १२ बजेदेखि ३ः१० सम्म हुनेछ ।

पढाइ र लेखाइ गरी २०० पूर्णांकको भाषा परीक्षाका लागि ७५ हजार पाँच सय ८० जनाले आवेदन दिएका छन् । जसमध्ये ९ हजार ७ सय ९६ महिला तथा ६५ हजार ७ सय ८४ पुरुष आवेदक रहेको शाखाले जनाएको छ ।

परीक्षामा सहभागीमध्ये १० हजार दुई सय उत्तीर्ण परीक्षार्थी सन् २०१८ मा कोरिया जान पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्