२९ जेष्ठ २०७८, शनिबार |


दुबई भ्रमणका घुम्तिहरु


एभरेष्टवीक
५ असार २०७४, सोमबार १६:२७

छ दुबई मल र बुर्ज खलिफाको आकर्षणले हामीलाई तानिरहेको थियो । मेट्रो स्टेशनबाट एक किलो मिटरको आकाशे प्यासेज पार गरेपछि दुबई मलको तेश्रो तलाको प्रवेशद्धारमा पुगिन्छ । यहाँका विशाल संरचनाहरु हेर्दालाग्छ कतिपय संरचनाहरुको एकैचोटि ढाँचाकृत गरिएको हो । दुबई महलको मुख्य आकर्षण संसारकै दोश्रो ठूलो भनिएको एकोरिय हो । मलको केन्द्रमा अवस्थित एकोरियम तीन तलाको उचाइमा पुगेको रहेछ । डल्फिन लगाएत मानिसजत्रा माछाहरु खेल्नलाई समुद्रको जस्तै वातावरण बनाइएको रहेछ । उतापट्टि सानो इन्डोर पार्कमा गोही र बाघ चनाखा भएर बसेको देखियो । खुल्ला ठाउँमा भएकोले छेउमा जान डर लाग्दै थियो । जब तिनीहरुको चाल एकनासे देखियो तब नक्कली जीव भन्ने थाहा भयो । बर्गर किङमा बर्गर खाएर साँझ परेपछि जलनृत्य हेर्न मलबाट बाहिरियौं । बुर्ज खलिफा र मलको काखमा एउटा सानो तलाऊ छ । तलाऊको किनाराको प्यासेजमा मानिसहरुले भरिदैछ । खलिफाको पृष्ठभूमिमा फोटो खिच्दै हामी जलनृत्य अर्थात् वाटर फाउन्टीङको पुरा दृश्य देखिने ठाउँमा उभियौं । भिडियो मोडमा क्यामेरा तयार थियो । म्युजिकको लागि वरिपरिका खम्बामा ठूल्ठूला साउण्डबक्सहरु राखिएको थियो म्युजिकसंग तलाऊमा चम्किला बत्तीहरु एकैचोटि बले । अनि म्युजिकको तालमा पानीका फोहराहरु निस्किए । प्रविधि र कलाको त्यो बेजोड संगति देखेर हामी भावह्यल भयौं । आधा घण्टाको विश्रामपछि फेरि अर्को प्रस्तुतिको लागि हामी पर्खिएरै बस्यौं । त्यो स्वर्गीय ठाउँ हत्तपत्त छोड्न मन लागे पो ! साहित्यमा उपस्थित पात्रहरुको हृदय पग्लिएको प्रसङ्ग थुप्रै पढियो । एउटा पाठक अनुभूतिको त्यो तहमा पुग्छ कि पुग्दैन ः तर त्यो साँझ हामीभित्र केही भौतिक प्रतिकृया भएको अनुभुति भयो । सौन्दर्य बोध यस्तै एउटा मनोभौतिक प्रतिकृया पो हो कि ? उतापट्टि बुर्ज खलिफाको रात्रिकालिन दृश्यको बेग्लै आकर्षण थियो । कविता र प्रभा खलिफाको टृप्पै सम्म आउनेगरि प्यासेजमा क्यामेरा राखेर फोटो खिच्न थाले । उठाएरै लान नहुने बर्जु खलिफालाई सकेसम्म क्यामेरामा हालेर लानु थियो । समय भएपछि स्वर्गीय स्थान पनि छोड्नै पर्छ । यात्राको क्रममा यस्तो ठाउँमा पनि पुगिन्छ नछोडेसम्म यात्रा अगाडि बड्दैन । हाम्रो यात्रा अगाडी बड्ने बेला भयो । श्रद्धापूर्वक बुर्ज खलिफालाई टुप्पोदेखि फेदसम्म हेरेर पछाडि पारेपछि हाम्रो आखा झीमझीम गर्नथालेका थिए । दिवाकरले काम गर्ने बर्गर किङमा आइसक्रिम खादै सडकको रमिता हेरेर धेरैबेर बस्यौ र तरकारी किनेर कोठातर्फ लाग्यौं ।
पब्लिक टाइम्स

प्रतिक्रिया दिनुहोस्