३ बैशाख २०७८, शुक्रबार |


दक्षिण अफगानिस्तानको कारबम आक्रमण बीसको मृत्यु


एभरेष्टवीक
८ असार २०७४, बिहीबार १२:१५

लास्कार घा, (अफगानिस्तान), ८ असार । अफगानिस्तानको लासकर घा सहरमा आफ्नो तलब लिनको लागि लाइनमा लागेका सरकारी कर्मचारीलक्षित एक कारबम आक्रमणमा परी कम्तीमा २० व्यक्तिको मृत्यु भएको छ । रमाजानको महिनामा भएको यो रक्तपात पूर्ण पछिल्लो घटना हो ।

यस घटनामा परी कम्ती ५० घाइते भएका उनीहरुलाई उपचारार्थ अस्पताल लगिएको बताइएको छ । यस आक्रमणको हालसम्म कनै पनि समूहले जिम्मा लिएको छैन्

तर सुरक्षाबल र सरकारी कर्मचारीलाई लक्ष्यगरी भीषण आक्रमण गर्ने घोषणा गरी बसेका तालिवानी आतङ्ककारी समूहले नै यो आक्रमण गरेको अनुमान प्रहरीको रहेको छ ।

यस आक्रमणमा परी २० व्यक्तिको मृत्यु हुनुको साथै अन्य ५० घाइते भएका छन्, यी सबै सर्वसाधारण नै रहेका सरकारी प्रवक्ता आमार जवाकले बताउनुभएको छ । साथै मृतकको सङ्ख्या बढ्न सक्ने समेत उहाँले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्