११ श्रावण २०७८, सोमबार |


पनिकाको लापर्बाहीले विद्यार्थीको भविष्य अन्यौल


एभरेष्टवीक
९ असार २०७४, शुक्रबार ०६:१९

भक्तपुर, ९ असार । परीक्षा नियन्त्रण कार्यालयको लापर्बाहीका कारण उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको भविष्य अन्यौल बनेको छ ।

कार्यालयले असार २ गते सार्वजनिक गरेको माध्यामिक शिक्षा परीक्षा अर्थात एसईईको नतिजामा विषय परिवर्तन भएर नतिजा आएपछि कार्यालयमा सच्याउन आवेदन दिनेको भीड लागेको छ ।

भक्तपुरको कमलविनायकस्थित मनकामना इङ्लिस सेकेन्डरी स्कुलका विद्यार्थीले आफूले नपढेको र परीक्षा नदिएको विषयको नतिजा आएपछि उनीहरुको भविष्य अन्यौल बनेको हो ।

यस विद्यालयबाट एसईई परीक्षा दिएका सि नं ०२८४५६४ त् का सन्देश साङमी, सि.नं–०२८४५६५ ग् का सृष्टि शाक्य र सि.नं– ०२८४५६६ ख् का सीतारा तजलेको यस्तो नतिजा आएको विद्यालयका प्रिन्सिपल श्रीराम आचार्यले बताउनुभयोे ।

परीक्षा दिएको भन्दा फरक विषयको नतिजा आएपछि आफूले रोजेको कलेजमा छात्रवृत्तिमा विज्ञान विषय लिएर डाक्टर पढ्ने सपना चकनाचुर भएको विद्यार्थीसाङमीले बताउनुभयो ।

आर्थिक अवस्था कमजोर भएका साङामीको परिवार एसईईको नतिजा आएपछि निकै चिन्तामा परेको छ । उहाँ भन्नुहुन्छ–“घरमा सबै चिन्तामा छन्, सधँै कक्षामा प्रथम हँुदै आएकाले एसईईमा नतिजा पनि राम्रो आउँछ, डाक्टर बन्नुपर्छ भन्ने परिवारेको चाहना थियो, मेरो सपना र परिवारको खुसी खोसियो ।”

प्रतिक्रिया दिनुहोस्