३ बैशाख २०७८, शुक्रबार |


संविधानलाई सर्वस्वीकार्य बनाएर कार्यान्वयनमा लग्नुपर्छ : उपप्रधानमन्त्री गच्छदार


एभरेष्टवीक
१० असार २०७४, शनिबार ११:११

पथरी (मोरङ), १० जेठ । उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले संविधान संशोधन गरेर सर्वस्वीकार्य बनाएर कार्यान्वयनमा लग्नुपर्ने बताउनुभएको छ ।

आज विराटनगरमा सञ्चारकर्मीस“ग कुरा गर्दै उहाँले संविधान संशोधनका लागि सत्ता र प्रतिपक्षबीच सहमति आवश्यक रहेको बताउनुभयो । उहाँले दोस्रोचरणको चुनावमा राष्ट्रिय जनता पार्टी समर्थित जनता, नेता तथा कार्यकर्ताले स्वतन्त्ररुपमा मतदान गर्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्री गच्छदारले नेपाल लोकतान्त्रिक फोरम नै राजपाका नेता, कार्यकर्ता र जनताका लागि सहज भएकोले दोस्रोचरणको चुनावमा उनीहरुले आप्mनै पार्टीलाई भोट दिने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले तेस्रोचरणको चुनावमा राष्ट्रिय जनता पार्टीलाई सहभागी गराउनुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले मतपत्र पुनः छाप्दा राज्यलाई आर्थिक क्षति व्यहोरिनुपर्ने हुन्छ तर मुलुकको समस्या समाधानका लागि आवश्यक भएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्