३ बैशाख २०७८, शुक्रबार |


भोट माग्दै ‘होचा’ उम्मेदवार पंकज


एभरेष्टवीक
१० असार २०७४, शनिबार ११:४४

बनियानी (झापा), १० असार । संभवत नेपालकै ‘होचा’ उम्मेदवार पंकज कार्की यतिबेला भोट माग्न मतदाताको घरदैलो गरिरहनु भएको छ ।

भद्रपुर नगरपालिका–८ निवासी कार्की वडा सदस्यका लागि स्वतन्त्र उम्मेदवार बन्नुभएको हो । चार फुट उचाइका २९ वर्षीय कार्की आफूलाई नेपालकैै होचो उम्मेदवार भएको रुपमा दाबी गर्नुहुन्छ । तर, मानिसको कदभन्दा विचार ठूलो हुनुपर्ने मान्यता उहाँ राख्नुहुन्छ ।

‘मानिसको विचार उच्च हुनुपर्छ,’ उहाँले भन्नुभयो – ‘नगरको भ्रष्टाचारको अन्त्य मेरो उम्मेदवारीका मुख्य कारण हो ।’ उहाँले युवाको बढ्दो विदेश पलायन रोख्न सक्दो पहल गर्ने दृढता पनि व्यक्त गर्नुभयो ।

रासससँगको कुराकानीमा उहाँले भन्नुभयो – ‘डिग्री पढेर पनि युवा विदेसिनु परेको छ । युवाको क्षमताको आधारमा रोजगार सिर्जना गर्न विशेष पहल गर्छु ।’

उहाँले चुनाव चिह्न बाघ पाउनुभएको छ । युवा वर्गको समर्थन पाएकाले आफू सहज रुपमा जित्ने दाबी उहाँ गर्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्