६ असार २०७८, आईतवार |


एक हप्तादेखि फोन सेवा अवरुद्ध


एभरेष्टवीक
११ असार २०७४, आईतवार ०६:३६

जाजरकोट, ११ असार । यहाँको जुनी चाँदी गाउँपालिकामा एक हप्तादेखि फोन सेवा अवरुद्ध भएको छ ।

मजकोटमा रहेको टावरमा खराबी आएपछि फोन सेवा अवरुद्ध भएको स्थानीयवासी रेशमबहादुर खड्काले जानकारी दिनुभयो । यति लामो समयसम्म फोन सेवा अवरुद्ध भए पनि सरोकार भएका निकायले मर्मततर्फ ध्यान नदिएकोे भन्दै स्थानीयवासी आक्रोशित छन् ।
हजारौँ सेवाग्राही फोन सेवा अवरोधसँगै घन्टाँै उकालो हिँडेर आफन्तसँग खबर आदानप्रदान गर्न बाध्य छन् । नेपाल टेलिकम जाजरकोटले ब्याट्रीमा समस्या भएका कारण फोन अवरुद्ध भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्