२८ चैत्र २०७७, शनिबार |


कपिलवस्तुमा बम फेला


एभरेष्टवीक
११ असार २०७४, आईतवार १५:५४

चन्द्रौटा (कपिलवस्तु), ११ असार । नेपाली काँग्रेसबाट कपिलवस्तु वाणगङ्गा नगरपालिकाका प्रमुख पदका उम्मेदवार मङ्गलप्रसाद थारुको घर अगाडि आज बम फेला परेको छ ।

बम फेला परेपछि केहिबेर स्थानीय त्रसित भएका थिए । बमलाई नेपाली सेनाको टोलीले निष्क्रय गरेको छ ।

तर्साउने उद्देश्यले बम राखेको हुन सक्ने इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक राजु कार्कीले जानकारी दिनुभयो । यसअघि नेपाली काँग्रेसका उम्मेदवारले असार ४ गते मनोनयन दर्ता गर्न जाँदा गजेहडामा भएको बम बिस्फोटनमा परी करिब १२ जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्