३१ बैशाख २०७८, शुक्रबार |


लागुऔषधमुक्त समाज निर्माण गर्नुपर्छः गृहमन्त्री शर्मा


एभरेष्टवीक
११ असार २०७४, आईतवार १६:२८

काठमाडौँ, १२ असार । गृहमन्त्री जनार्दन शर्माले कुलतबाट समाजलाई मुक्त गरेर लागुऔषधमुक्त समाज निर्माण गर्न आग्रह गर्नुभएको छ ।

लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले विद्यालय र कलेजका विद्यार्थीलाई दुव्र्यसनको कुलतबाट बचाउनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री शर्माले विद्यालय उमेरका युवायुवतीलाई नियतवस दुव्र्यसनमा लागेका ग्याङले समेत फसाउने गरेको उल्लेख गर्दै नयाँ पुस्तालाई कुलतबाट जोगाउन जनचेतना फैलाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

“विभिन्न सङ्घ–संस्थाले लागुऔषधविरुद्ध कार्य गर्दै आएको भए पनि यसलाई अझै प्रभावकारी बनाउन जरुरी छ,” सन्देशमा उहाँले भन्नुभयो – “लागुऔषधले परिवार मात्रै होइन, समाज र राष्ट्रलाई नै हानि पु¥याइरहेको छ ।”

गृहमन्त्री शर्माले दुव्र्यसनी नियन्त्रणका लागि आफ्ना अभिभावकले सन्तानलाई सचेत बनाउन आवश्यक रहेको बताउँदै सुर्ती र रक्सीले पनि मानव स्वास्थ्यमा ठूलो क्षति पु¥याइरहेकाले यसबाट जोगिनु आवश्यक रहेको छ भन्नुभयो ।

लागुऔषध निर्मूल गर्दै ओसारपसार नियन्त्रणका लागि सरकार प्रतिबद्ध रहेको उहाँले सन्देशमा भन्नुभएको छ ।

यही असार १२ गते गृहमन्त्रालयले लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विशेष कार्यक्रम गरेर मनाउँदैछ ।

प्रतिक्रिया दिनुहोस्