१९ श्रावण २०७८, मंगलवार |


सार्वजनिक सवारीमा इन्टरनेट सेवा


एभरेष्टवीक
१२ असार २०७४, सोमबार १३:४२

काठमाडौँ, १२ असार । नेपाल टेलिकम र साइबरनेटिक्सको सहकार्यमा सार्वजनिक सवारी साधनमा ‘एनटी बस इन्टरनेट सेवा’ आजदेखि सञ्चालनमा आएको छ ।

मुलुकभर सञ्चालन हुने लामो तथा छोटो दूरीका सवारी साधनमा यात्रा गर्ने यात्रुले इन्टरनेट सेवा सहज रुपले प्रयोग गर्न सकून् भन्ने उद्देश्यले टेलिकम र साइबरनेटिक्सको सहकार्यमा सेवा शुभारम्भ गरिएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो ।

सेवा सुरुआतले लामो तथा छोटो दूरीका यात्रुले यात्राका क्रममा वाइफाइमार्फत निःशुल्क इन्टरनेट, भिडिओलगायत मल्टिमिडिया सेवा उपभोग गर्न सक्ने छन् । सेवा मुलुकका ७५ वटै जिल्लामा सञ्चालन हुने लामो तथा छोटो दूरीका सवारी साधनमा प्रयोग गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्