३१ चैत्र २०७७, मंगलवार |


दुईवटा दुर्घटनामा एक दर्जन घाइते


एभरेष्टवीक
१३ असार २०७४, मंगलवार ०३:४३

राजविराज, १३ असार । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–४ मा सोमबार भएका छुट्टाछुट्टै दुर्घटनामा परी एक दर्जन व्यक्ति घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा २ ख २७४१ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा ३ ख ८६६८ नम्बरको माइक्रोबस एकापसमा ठोक्किँदा नौजना घाइते भएका छन् । घाइते नौजनाको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै, सोही ठाउँमा सोमबारै भएको दुर्घटनामा परी तिनजना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३८ प १९६५ नम्बरको स्कुटरले पछाडिबाट साइकलयात्रीलाई ठक्कर दिँदा सप्तरी सुरुङ्गा नगरपालिका–७ बस्ने २५ वर्षीय ज्ञानदीप पासवान, स्कुटर चालक सप्तरी रुपनी गाउँपालिका–८ बस्ने सुरेश साह र पछाडि सवार सोही ठाउँका माधव यादव घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्