२९ जेष्ठ २०७८, शनिबार |


करेन्ट लागेर कर्मचारीको मृत्यु


एभरेष्टवीक
१३ असार २०७४, मंगलवार ११:१३

राजविराज, १३ असार । सप्तरीको राजविराज नगरपालिका– ५ स्थित खरसाल टोलमा करेन्ट लागेर अन्तर्राष्ट्रिय गैससमा कार्यरत एक कर्मचारीको आज मृत्यु भएको छ ।

ठेगाना खुल्न नसकेका अन्दाजी ३५ वर्षीय मानबहादुर शाहीको कम्प्युटरमा प्रिन्ट निकाल्ने क्रममा अचानक करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

शाही एसिएफ नामक आइएनजिओको सामान आपूर्ति शाखामा भएको प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीले बताउनुभयो ।
मृत फेला

सप्तरी, इटहरी विष्णुपुर गाउँपालिका– १ स्थित धान खेतमा तराई मूलका करिब ३५ वर्षीय युवकको शव फेला परेको छ ।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्