३ बैशाख २०७८, शुक्रबार |


वरिष्ठ नेता पौडेलद्वारा पूर्वमन्त्री जोशीको स्वास्थ्यबारे जानकारी


एभरेष्टवीक
१३ असार २०७४, मंगलवार १५:०६

काठमाडौँ, १३ असार । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसका पुराना नेता एवम् पूर्वमन्त्री रामहरि जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

वरिष्ठ नेता पौडेलले आज दिउँसो ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालमा उपचार गराइरहनुभएका नेता जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो ।

त्रियानब्बे वर्षीय नेता जोशीलाई गत बुधबार एक्कासी हातगोडा चल्न छाडेपछि अस्पताल भर्ना गरिएको उहाँका भतिजा विष्णु जोशीले जानकारी दिनुभयो ।

सोमबार उपप्रधानमन्त्री एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठ, केन्द्रीय सदस्य प्रकाशमान सिंहले अल्का अस्पताल पुगेर उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्