१६ श्रावण २०७८, शनिबार |


नगरप्रमुखका तीन उम्मेदवारद्वारा एकै केन्द्रबाट मतदान


एभरेष्टवीक
१४ असार २०७४, बुधबार १४:३८

अर्घाखाँची, १४ असार । दोस्रो चरणअन्तर्गत आज भएको स्थानीय तहको निर्वाचनमा तीनजना नगरप्रमुखका उम्मेदवारले एउटै केन्द्रबाट मतदान गर्नुभयो ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा नेपाली काँंग्रेस, नेकपा एमाले र नयाँ शक्ति नेपालबाट प्रमुख पदका उम्मेदवार क्रमशः कमलप्रसाद भुसाल, कृष्णप्रसाद श्रेष्ठ र यमुना भुसालले वडा नम्बर २ स्थित अर्घाखाँची शिक्षा क्याम्पस केन्द्रबाट मतदान गर्नुभएको हो ।

यसैगरी माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी र कांग्रेस नेता रेवतीप्रसाद भुसालले सन्धिखर्क नगरपालिका वडा नम्बर ९ स्थित रासीचौर केन्द्रबाट मतदान गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्