९ श्रावण २०७८, शनिबार |


एकसय चार वर्षीय वृद्धद्वारा मतदान


एभरेष्टवीक
१४ असार २०७४, बुधबार १४:३९

काँकडभिट्टा (झापा), १४ असार । दोस्रो चरणअन्तर्गत आज भएको स्थानीय तहको निर्वाचनमा झापाका विभिन्न तीन स्थानमा सय वर्षभन्दा माथिका वृद्धले मतदान गरेका छन् ।

यसरी मतदान गर्नेहरु झापा बुद्धशान्ति गाउँपालिकाका–१ स्थित नमुना केन्द्रबाट १०४ वर्षीय हरिप्रसाद वाग्ले, कमल गाउँपालिका–५ स्थित मङ्गलम मावि केन्द्रबाट १०४ वर्षीय रणबहादुर कार्की र भद्रपुर–९ स्थित जीवनज्योति आधारभूत विद्यालय केन्द्रबाट १०२ वर्षीया गङ्गादेवी उप्रेती छन् ।

तीनै जनाले आफ्ना परिवारका सदस्यको सहयोगमा मतदान गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्