४ जेष्ठ २०७८, मंगलवार |


प्रचण्ड बन्दिपुरमा


एभरेष्टवीक
१४ असार २०७४, बुधबार १४:५५

तनहुँ, १४ असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबारदेखि तनहुँको पर्यटकीय नगरी बन्दिपुर क्षेत्रमा बस्दै आउनुभएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डसँग उहाँको श्रीमती सीता, छोरा प्रकाश र प्रदेश नं ४ का सहइन्चार्ज हरि अधिकारीलगायत केही सहयोगीसहितको टोली बन्दिपुर बजारदेखि केही परको गाउँवस्तीमा सोमबारदेखि बस्दै आउनुभएको भरपर्दो स्रोतले जनाएको छ ।

स्रोतकाअनुसार बन्दीपुर आएपनि पार्टीका कार्यकर्तासँग अध्यक्ष प्रचण्डले खासै भेटघाट गर्नुभएको छैन् । अध्यक्ष प्रचण्डसहितको टोलीले बिहीबार डुम्रेस्थित एक कार्यकर्ताको घरमा खाना खाने कार्यक्रम छ । अध्यक्ष प्रचण्डको यो पारिवारिक भ्रमण रहेकाले जिल्ला तहका कुनै पनि नेतासँग भेटघाट नभएको पार्टीका उच्चस्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्