३ बैशाख २०७८, शुक्रबार |


सुन्दास बहराइनका लागि राजदूत नियुक्त


एभरेष्टवीक
१४ असार २०७४, बुधबार १६:१९

काठमाडौँ, १४ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले सुनसरी, इनरुवा निवासी पद्म सुन्दासलाई बहराइनका लागि नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उहाँलाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता प्रल्हादप्रसाद पुडासैनीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्