३१ जेष्ठ २०७८, सोमबार |


पूर्वप्रम खनालद्वारा मतदान


एभरेष्टवीक
१४ असार २०७४, बुधबार १६:३३

इलाम, १४ असार । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले इलामको सूर्योदय नगरपालिका–९ रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालय केन्द्रबाट मतदान गर्नुभयो ।

दोश्रो चरणअन्तर्गत आज भएको स्थानीय तहको निर्वाचनमा उहाँले विद्यालयको ‘ग’ केन्द्रमा बिहान १०ः२६ मा मतदान गर्नुभएको हो ।

मतदानपछि सञ्चारकर्मीहरूसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै नेता खनालले स्थानीय तहको निर्वाचनले नेपालको लोकतन्त्रको जग बसालेको बताउनुभयो ।

निर्वाचनपछि आउने जनप्रतिनिधिलाई सरकारले विशेष प्रशिक्षण दिनुपर्ने बताउँदै उहाँले स्थानीय तहलाई सफलतापूर्वक कार्यान्वयन गर्नुपर्नेमा जोडदिनुभयो ।

जिल्लामा ७० प्रतिशत मतदान भएको अनुमान गरिएको मुख्य निर्वाचन अधिकृत नवराज दहालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्