४ जेष्ठ २०७८, मंगलवार |


मनमैजुमा सातसय मिटर सडक ढलान


एभरेष्टवीक
१५ असार २०७४, बिहीबार १५:२२

काठमाडौँ, १५ असार । तारकेश्वर नगरपालिका– ९ स्थित मनमैजुको इन्द्रायणी पुलदेखि वासुकीनागसम्म सडक विस्तार र ढलान गरिएको छ ।

कूल सात सय मिटरको दुरीमा रहेको उक्त सडकको चौडाई ९ फिटबाट १४ फिटसम्म विस्तार गरिएको वडाध्यक्ष बलराम सिटौलाले जानकारी दिनुभयो । प्रदेश नं। ३ कै सबभन्दा कान्छा ९२७ वर्ष० वडाध्यक्षले सिटौलले खानेपाली तथा ढलको पूर्वाधार व्यवस्थित गर्ने तथा सिसी क्यामेरा जडान र ठूला डस्बिनको व्यवस्था गरिने बताउनुभयो ।
नगरपालिका र स्थानीयवासीको ५०÷५० प्रतिशत लगानी र सहभागितामा सडक विस्तार गरिएको सो कार्यको कुल रु ४८ लाख रहेको वासुकीनाग टोल सुधार समितिका अध्यक्ष शङ्कर पौडेलले बताउनुभयो । सडक निर्माण समितिका सदस्य रमेश पाण्डेले स्थानीय तह र स्थानीयबासी मिलेमा विकास गर्न सकिने उदाहरण मिलेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्