४ जेष्ठ २०७८, मंगलवार |


बूढीगङ्गा १– मा काँग्रेस विजयी


एभरेष्टवीक
१५ असार २०७४, बिहीबार १६:५१

बाजुरा, १५ असार । बूढीगङ्गा नगरपालिका–१ मा नेपाली काँग्रेसका समूह विजयी भएको छ ।

काँग्रेसबाट वडा अध्यक्षका उम्मेदवार राजेश सिंहले ३३६ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामबहादुर सिंहले ३२१ मत प्राप्त गर्नुभएको बूढीगङ्गा नगरपालिकाका सहायक निर्वाचन अधिकृत बालकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

बूढीगङ्गा नगरपालिका– १ मा काँग्रसका महिला सदस्य मोतिकला थापा, दलित महिला सदस्य सुर्जादेवी परी, खुला सदस्य ललित थापा र चक्र थापा विजयी हुनुभएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्