३० बैशाख २०७८, बिहीबार |


दङ्गीशरण–२ मा काँग्रेस विजयी


एभरेष्टवीक
१६ असार २०७४, शुक्रबार ०९:५२

तुलसीपुर (दाङ), १६ असार । दङ्गीशरण गाउँपालिका– २ मा नेपाली काँग्रेस पुरै समूहुसहित विजयी भएको छ ।

वडाध्यक्षमा तुलसीराम देवकोटा ४६७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का डम्बर खत्रीले ३९९ मत प्राप्त गर्नुभयो ।

यस्तै महिला सदस्यमा निमकुमारी चौधरी, दलित महिला सदस्यमा सङ्गीता धौलाकोटी, खुल्ला सदस्यमा खेमलाल वली र नन्दराम केसी विजयी हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्