४ जेष्ठ २०७८, मंगलवार |


अमेरिका र दक्षिण कोरिया शिखर वार्ता हुँदै


एभरेष्टवीक
१६ असार २०७४, शुक्रबार ११:१२

वासिङटन, १६ असार । अमेरिका र दक्षिण कोरियाली राष्ट्रपतिबीच शुक्रबार अमेरिकाको ह्वाइट हाउसमा द्विपक्षीय वार्ता हुँदैछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र कोरियाली राष्ट्रपति मुन जाय इनबीच शुक्रबार ह्वाइट हाउसमा वार्ता हुनलागेको कोरियाली सरकारी समाचार समिति, योनहापले जानकारी दिएको छ ।

सो वार्ता विशेषगरी पछिल्लो समयमा उत्तर कोरियाले निरन्तररुपमा गरिरहेको आणविक परीक्षणमा बढी केन्द्रित हुने बताइएको छ । हाल दक्षिण कोरियाली राष्ट्रपति जाय अमेरिकाको भ्रमणमा हुनुहुन्छ ।

शुक्रबार ह्वाइटहाउसमा हुने यस बार्ता सुरुमा दुई राष्ट्रपतिबीच मात्र कम्तीमा पनि आधा घन्टा हुने छ । त्यसपछि दुवैतर्फका अधिकारीबीच सामुहिक भेटघाट र द्विपक्षीय वार्ता हुने बताइएको छ ।

पछिल्लो समयमा उत्तर कोरियाका कारण कोरियाली प्रायद्वीपमा शान्ति खल्बलिएको बताइएको छ । यस अवस्थाको समाधान गरी कोरियाली प्रायद्वीपमा शान्तिको अवस्था के कसरी ल्याउन सकिन्छ भन्ने बारेमा ती द्विपक्षीय वार्ताहरुमा आवश्यक छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्