२५ बैशाख २०७८, शनिबार |


पथरी शनिश्चरे– १ मा एमाले विजयी


एभरेष्टवीक
१६ असार २०७४, शुक्रबार १३:१४

उर्लाबारी (मोरङ), १६ असार । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं– १ को वडाअध्यक्षमा नेकपा एमालेका बाबुराम याङदेनले एक हजार ५२९ मत ल्याएर विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार धनकुमार तामाङले एक हजार १११ मत प्राप्त गर्नुभयो । सो वडामा चार हजार १५२ मत खसेको थियो ।

यस्तै वडा सदस्यहरुमा एमालेकै रोमान्सी धिमाल, इन्दिरा सुन्दास, दुर्गाप्रसाद सिटौला र धनप्रसाद साँवा विजयी हुनुभएका छन् ।

प्रतिक्रिया दिनुहोस्