२९ जेष्ठ २०७८, शनिबार |


हुरीका कारण चार जनाको मृत्यु, दर्जनौँ घाइते


एभरेष्टवीक
१८ चैत्र २०७५, सोमबार ०१:५५

वीरगञ्ज,  चैत ।  एक्कासि आज साँझ आएको हावाहुरीका कारण पर्सा र बारामा चार जनाको मृत्यु भएको छ । पर्साको ग्रामीण इलाका हरबडियामा एकजनाको मृत्यु भएको छ भने बाराका विभिन्न स्थानमा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

मृत्यु हुनेको पहिचान खुल्न सकेको छैन भने पर्साका विभिन्न स्थानमा १२० जना घाइते भएको र उनीहरुको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ग्रामीण क्षेत्रमा आएको हावाहुरीका कारण घर, पर्खाल भत्किनाका साथै ठूलो जनधनको क्षति भएको छ । हुरीका कारण आपत्मा परेकाहरुको उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासी खटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्