९ श्रावण २०७८, शनिबार |


सुनको मूल्य बृद्धि, कसरी कारोबार भइरहेको छ ?


everest everest
२० पुष २०७७, सोमबार १२:०५

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८०० रूपैयाँले बढेको हो।

यसअघिआइतवार प्रतितोला ९४ हजार ५०० रूपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ९५ हजार ३०० रूपैयाँ तोकिएको छ। यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ८०० रूपैयाँ कायम भएको छ।

महासंघका अनुसार आज चाँदीको भाउ पनि बृद्धि भएको छ । आइतवार चाँदी प्रतितोला एक हजार ३०० रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय २५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्