९ श्रावण २०७८, शनिबार |


बढ्यो सुनको मूल्य, कति पुग्यो तोलामा ?


everest everest
२१ पुष २०७७, मंगलवार १३:१८

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज छापावाला सुन आज प्रतितोला रु ९६ हजार ४०० मा कारोवार हुने गरी मूल्य निर्धारण गरिएको छ । हिजोको तुलनाम सुनको मूल्य ११ सयले बढेको हो ।

छापावाला सुन सोमबार प्रतितोला रु ९५ हजार ३०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन आज प्रतितोला रु ९५ हजार ९०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सो सुन प्रतितोला रु ९४ हजार ८०० मा सोमबार कारोवार भएको थियो । यस्तै चाँदी प्रतितोला रु १० ले वृद्धि भई प्रतितोला रु एक हजार ३३५ मा कारोवार भएको छ । चाँदी प्रतितोला रु एक हजार ३२५ मा सोमबार कारोवार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्