९ श्रावण २०७८, शनिबार |


मर्निङवाक नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह


Everest Week
२१ पुष २०७७, मंगलवार २२:३८

काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घर बाहिर गएर शारीरिक व्यायाम तथा मर्निङवाक नगर्न भनेको छ ।
मौसममा परिवर्तनसँगै अत्यधिक वायुप्रदुषणले जनस्वास्थ्यमा असर पर्ने भन्दै मन्त्रालयले मंगलबार विज्ञप्ती जारी गरि यस्तो आग्रह गरेको हो ।
मन्त्रालयले फोहोर नचलाउन र अत्यावश्यक नभई सवारी साधनहरू नचलाउन समेत अनुराध गरेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा।समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा मर्निङवाकमा नजान र घरबाहिर निस्कनै पर्ने अवस्था भए मास्कको अनिवार्य प्रयोग गर्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्