९ श्रावण २०७८, शनिबार |


थप ४१२ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु


everest everest
२३ पुष २०७७, बिहीबार १७:१८

काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा थप ४१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार ६०५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ८३ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ५६ हजार ६४४ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ९०३ पुगेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ५८ रहेको छ ।

अहिलेसम्म नेपालमा १९ लाख ६४ हजार १६० वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ३४२ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्