१० श्रावण २०७८, आईतवार |


प्रधानमन्त्रीले प्रचण्ड-नेपाललाई दिए चुनौती : १० सिट ल्याएर देखाउनुहोस्


Everest Week
२४ पुष २०७७, शुक्रबार १६:०४

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले धनगढीको सम्बोधनमा प्रचण्ड-नेपाल पक्षलाई १० सिट ल्याएर देखाउन चुनौति दिएका छन् ।

प्रम ओलीले धनगढीको जनसभालाई सम्बोध गर्दै प्रधानमन्त्री ओलीले आफूले २०५४ सालमा तत्कालिन एमाले फुट्दा पनि १० सिटको चुनौती दिएको स्मरण गरे ।

२०५४ सालमा पनि हामीले भनेका थियौं चोइटिएर जानेहरुले दुई अंकमा सिट जितेर देखाउनुस्, दुई अंकमा भनेको देशभरीबाट १० सिट ल्याएर देखाउनुस्’ उनले भने,‘धनगढीको यस आमसभामा म भन्दैछु १० वटा सिट ल्याएर देखाउनुस् ।’

प्रधानमन्त्री ओलीले माधव प्रचण्ड पक्ष आफन्तको लागि राजनीतिमा लागेको टिप्पणी । आफूले कोही आफन्तलाई टिपेर कुनै पदमा नराखेको बताए ।

प्रतिक्रिया दिनुहोस्