९ श्रावण २०७८, शनिबार |


विश्व नेपाली साहित्य महासंघ कुवेतको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रेम कटवाल चयन


Everest Week
२५ पुष २०७७, शनिबार २२:२५

कुवेत । विश्व नेपाली साहित्य महासंघ कुवेत शाखाको अधिवेशन वेबिनार मार्फत शुक्रबार सम्पन्न भएको छ। अधिवेशनले अध्यक्षमा साहित्यकार तथा गीतकार प्रेम कटवाललाई चयन गरेको छ।

विश्व नेपाली साहित्य महासंघ कुवेतका अध्यक्ष अमित चाम्लिङ राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय अध्यक्ष सुरेन्द्र परदेशी (भारत), विशेष अतिथिहरु आख्यानकार मदन पुरस्कार विजेता राजन मुकारुङ (नेपाल), केन्द्रिय सल्लाहकार प्रा.डा भिम खतिवडा (नेपाल), केन्द्रीय सल्लाहकार कृष्णप्रकाश श्रेष्ठ (रसिया), अतिथिहरु महासचिव सुनिता राई कन्द्ङवा (इजरायल), बरिष्ठ उपाध्यक्ष डा. लेखनाथ काफ्ले (ताइवान), उपाध्यक्ष सावित्री लुइटेल (इजरायल), सहसचिव भुवन रोका (जापान), कोषाध्यक्ष केबि पौडेल (नेपाल), कवि केशव सिलवाल (नेपाल), विनेसाम भारत शाखाका अध्यक्ष राहुल राई, साउथ लन्डन विनेसाम उपाध्यक्ष, महासचिव अमित यक्थुङ्बा, पत्रकार महासङ्घ कुवेतका अध्यक्ष हरि कृष्ण न्यौपाने, एनआरएन कुवेतका महासचिव दिल कुमार पाख्रीन, र मन्जीत चाम्लिङ्ग राइको उपस्थिति रहेको थियो। उपस्थित अतिथिहरुले आफ्नो सृजना र शुभकामना राखेका थिए। कार्यक्रमको सहजीकरण भुवन सुवेदी र केशर घलानले गरेका थिए भने प्रेम कटवालको स्वागत मन्तव्य रहेको थियो।

शुभकामना मन्तव्यको क्रममा प्रा.डा. भिम खतिवडा र अग्रज साहित्यकार कृष्णप्रकाश श्रेष्ठले आफ्नो धारणा समेत राखेका थिए। नेपाली साहित्य अझै पूर्ण नभएको र सर्वपहिचान झल्काउने हुन नसकेकोले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधतालाई समेट्ने गरी साहित्यिक संस्थाहरु अघि बढ्नु पर्ने र समाजका जराहरु नलेखिएको उल्लेख गरे । त्यस्तै आख्यानकार राजन मुकारुङ्गले सामाजिक न्याय र समानताको लडाई जारी रहेको उल्लेख गर्दै नयाँ कार्यसमितिले त्यतातिर ध्यान पुराउन सकोस भन्ने शुभकामना ब्यक्त गरे ।

नवनिर्वाचित अध्यक्ष प्रेम कटवाललाई केन्द्रिय अध्यक्ष सुरेन्द्र परदेशीले सपथ ग्रहण गराएका थिए। कार्यक्रमका अध्यक्ष अमित चाम्लिङ राईले संस्थाको विवरण पेश सहित गर्नुका साथै नवनिर्वाचित कार्यसमितिको घोषणा पश्चात् सृजना र शुभकामनाको साथ कार्यक्रम समापन गरेका थिए ।

कुवेतमा रहेका श्रष्टाहरुलाई समेट्दै २३ अक्टोबर २०१४ को दिन एशिया हल कुवेत सिटि मालियामा अमित चाम्लिङ राईको अध्यक्षतामा विश्व नेपाली साहित्य महासङ्घ कुवेत शाखा गठन भएको थियो। यस अवधिमा साहित्यमा मात्र नभएर बिभिन्न सामाजिक कार्यहरु पनि संचालन गरेको अध्यक्ष राईले जानकारी गराएका थिए। साहित्यकार तथा गीतकार प्रेम कटवालको अध्यक्षतामा चयन भएको नयाँ कार्यसमितिमा उपाध्यक्ष गङ्गा सुवेदी (झापा), उपाध्यक्ष ईन्द्र भुषाल (पर्वत), महासचिव केशर घलान तामाङ (ललितपुर), सचिव आकास शेर्पा (ओखल्ढुङ्गा), कोषाध्यक्ष सुरेश गुरुङ (सङ्खुवासभा) सदस्यहरु बिष्णु भट्टराई (खोटाङ), कृष्ण पौडेल (झापा), बिमला पण्डित (काठमाण्डौ ), गोबिन्द मल्ल (कास्की ), युबराज राई (खोटाङ), छबिराम सुनार (नवलपरासी), उमा घिमिरे (मोरङ) संरक्षक अमित चाम्लिङ राई, सल्लाहकारहरु जय आले, भुवन सुबेदी, दिल कुमार पाख्रीन, नैन कला राई र राणध्वज लामा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्