१० श्रावण २०७८, आईतवार |


सूर्य चिन्ह आफ्नो पक्षले नै पाउने प्रम ओलीको दाबी


everest everest
१ माघ २०७७, बिहीबार १९:१४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्य चिन्ह आफुहरुले नै पाउने दावी गरेका छन् ।

बालुवाटारमा भएको स्थायी कमिटी सदस्यहरुसँगको छलफलमा ओलीले चुनाव चिन्ह आफहरुको पक्षमा हुने भन्दै चुनावको तयारीमा लाग्न निर्दैशन समेत दिएका छन् ।

छलफलमा सहभागी एक स्थायी कमिटी सदस्यका अनुसार तोकिएको समयमा निर्वाचन गर्नेबारे छलफल भएको छ ।

बैठकमा अध्यक्ष ओलीले निर्वाचन आयोगले आधिकारिता आफूहरुलाई नै दिने भन्दै बैशाख १७ र २७ गतेको निर्वाचनका लागि तयारी तीव्र पार्न निर्देशन दिएका छन् ।

उनले प्रथम अध्यक्ष र महासचिव आफूसँगै रहेकाले विधानअनुसार आधिकारिक नेकपा आफुहरु नै भएको स्पष्ट पारेका छन्।

प्रतिक्रिया दिनुहोस्