९ श्रावण २०७८, शनिबार |


यात्रा संस्मरण


एभरेष्टवीक
१२ फाल्गुन २०७७, बुधबार १०:१९

 श्रीप्रसाद जबेगु ।

सुदूरपूर्वको पहाडी क्षेत्र पाँचथरको सदरमुकाम फिदिमबाट ३० किलो मिटर कालापत्रेको बाटो हिडेपछि इलामको सिमानामा महत्वपूर्ण व्यापारीक केन्द्र राँके बजार अवस्थित छ।

इलाम जाने पक्की सडकलाई छोडी त्यहाँबाट सिधै दक्षिणतर्फ मोडिएपछि देउराली, पुरानो पञ्चमी, घुर्पिसे पञ्चमी, उत्तरे र सप्तमी बजारहरुले महाभारा पर्वत शृङ्खलालाई टुक्राइ दिन्छ ।

यी बजारहरुदेखि तल अर्थात् राँके बजारदेखि ४० किलो मिटर दूरीमा अवस्थित पानीढलोमा रवि बजार छ।

ती बजारको दाहिने देब्रे पाँचथर र इलाम जिल्ला पर्दछ। विभिन्न खाले मोड र घुम्तीहरु पार गर्दा यो बाटोमा धेरै पटक ओहोरदोहोर गरेको छु।

विगतमा यो बाटो म किन र कसरी हिडेँ भन्ने कुराको विस्तृत रूप यो सानो लेखमा सम्भव नहोला । तैपनि ती पलहरुको आफ्नै ओज र गरिमा थियो, अनि ऐतिहासिकतार महत्व पनि ।

तर २०७५ साल जेठ २१ गते बिहान यही बाटोमा हिड्दा चाहिँ एक रुमानी परिवेश र सन्दर्भ साथमा थियो । ससाना थुम्काहरु धुम्म परेको बादलले कहिले छोपिन्थे त कहिले उघ्रिएर छर्लङ्ग देखिन्थे ।

बाटोभरि चिसो सिरेटोले स्पर्श गरिरहेको हुन्थ्यो, त्यतिबेला लाग्दथ्यो कि तिनै छर्लङ्गिएर देखा परेका थुम्काहरुले हावाको झोंकाबाट सास फेरिरहेका छन् ।

बाटोभरि मोटर साइकलको आवाज बाहेक निर्जनताले ढाकिएको थियो । मनको बेचैनीले निर्भयता थिएन । कता कता अत्यास थियो । वैभव थिएन ।

श्रीहिनता थियो अनि तृष्णाका दुर्भिक्षहरु पनि । धागोको डल्ला खुस्किएर ओरालोमा गुड्के जस्तै त्यतिखेर मनमा कुराहरु खेलाउँदै म सोच्थेँ ..अहिलेसम्मको अनुभवसिद्ध इतिहासले यो भन्छ कि, मुलुकको सबै अवयवहरुलाई राजनीतिले नेतृत्व गरेको हुन्छ । त्यसैले सबै निकाय, क्षेत्र, विभाग र संरचनाको मूल मियो राजनीतिलाई मानिएको हो ।

मियो नै डामाडोल भएपछि अरुतिरबाट सपार्छु भन्नु दिवास्वप्ना मात्र हुन्छ । तिनै राजनीतिक प्रणाली र संस्कार नबसेको यो देशमा अरु नेपालीझैं मैले पनि जन्मिने अवसर पाएँ ।

जन्मेर करिव करिव चार, पाँचले मात्र कम पचासौं बसन्तका खुड्किलाहरु पार गर्ने क्रम चलिरहेको छ ।

जीवन के हो र कसरी बित्दोरहेछ भन्ने सार बोध गर्ने चुनौतीको देउरालीमा यतिखेर उभेर सोचिरहेको छु।

यद त्यहीँ चिन्तनले होला, सपनीमा पनि बर्बराउँदो रहेछु । क्रमश …।

प्रतिक्रिया दिनुहोस्