९ श्रावण २०७८, शनिबार |


आज तराईमा होली पर्व मनाइँदै


Everest Week
१६ चैत्र २०७७, सोमबार ०९:३५

काठमाडौं १६ चैत्र । रंगहरुको पर्व होली आज तराई मधेस क्षेत्रमा हर्षोल्लासका साथ मनाइँदैछ । आइतबार राजधानी उपत्यकासहित पहाडी र हिमाली जिल्लाहरुमा फागु मनाइएको थियो ।

होली पर्वको आफ्नै धार्मिक, साँस्कृतिक र सामाजिक महत्व र मान्यताहरु छन् । एकआपसमा रंग दलेर प्रेम, सदभाव र खुशी साटासाट यो पर्व मनाईन्छ ।

दैत्यराज हिरण्यकश्यपुले आफ्ना पुत्र प्रल्हादलाई मार्ने उद्देश्यले आगोले छुन नसक्ने बरदान पाएकी बहिनी होलिकालाई छोरा सहित आगोमा पस्न लगाउँदा होलिका भष्म भएकी र प्रल्हाद बच्न सफल भएको मान्यताका आधारमा होली मनाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्