२९ बैशाख २०७८, बुधबार |


होली मेलामा झडप हुँदा बागलुङमा २ जनाको मृत्यु


Everest Week
१६ चैत्र २०७७, सोमबार १०:००

बागलुङ । बागलुङ, गुल्मी र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा युवाबीच झडप हुदाँ २ जनाको ज्यान गएको छ ।
आइतबार बल्देधुरीमा होली मनाउने क्रममा बाग्लुङको निसीखोला गाउँपालिका -७ राजकुत र बडीगाड गाउँपालिका-१० दर्लिङका युवाहरूबीच ग्याङ फाइट भएको थियो।

झगडामा परी निसीखोला-७ राजकुतका अन्दाजी ३६ वर्षीय प्रकाश कुँवर र २९ वर्षीय दीपक दमाईको मृत्यु भएको थियो। एक दर्जन बढी युवाहरु बेपत्ता भएका थिए । हराएका सबै सम्पर्कमा आएको स्थानीय प्रसाशनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्