९ श्रावण २०७८, शनिबार |


गायिका दीपा सुहाङको स्वरमा ‘आगो पिएर बाँच्ने’ गीत सार्वजनिक


everest everest
५ बैशाख २०७८, आईतवार ०७:१६

काठमाडौं । गायिका दीपा सुहाङको स्वरमा ‘आगो पिएर बाँच्ने’ गीत सार्वजनिक भएको छ । गीतको यसअघि लोकप्रिय गायक प्रशान्त तामाङको स्वरमासमेत कभर भईसकेको दिपाले बताएकि छिन् ।

गीतकार जीवनाथ धमलाको शव्द, ख्यातीप्राप्त सङ्गीतकार नारयण रायमाझीको सङ्गीतमा रहेको गीतको ‘आगो पिएर बाँच्ने’ फिमेल भर्जन रिमा इन्टरटेन्टमेन्ट युट्यूव च्यानलमार्फत सार्वजनिक भएको हो ।

रिमा स्टुडियोमा रेकर्डिङ गरिएको मनोज खड्काको सङ्गीत संयोजनमा श्याम श्वेत रसाईलीको मिक्सिङ रहेको गीतको वास्तविक गायक भने लक्ष्मी सृजन बजगाई हुन ।

करिब तीन दर्जन बढी गीत गाईसकेकी दीपाले ख्यातीप्राप्त अग्रज सङ्गीतकार नारायण रायमाझीको सङ्गीतमा सजिएको बहुचर्चित गीत ‘आगो पिएर बाँच्ने’ गाउन पाउँदा आफूलाई अत्यन्तै खुशी अनि भाग्यमानी ठानेको दिपाले बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्